Saturday, December 16, 2017

अमेरिकाको आठ शहरमा नेपाल आइडल बिजेताहरुको सांगितिक प्रस्तुती

प्रकाशित मिति: 2017/11/18

काठमाडौं । अमेरिकाको आठ वटा शहरमा नेपाल आइडलका विजेताहरुले सांगितिक प्रस्तुती दिने भएका छन् । केटिएम इन्टरटेन्डमेन्टको आयोजनामा हुन लागेको उक्त सांगितिक कार्यक्रमको मिति र स्थान भने तय हुन बाँकी छ। 

नेपाल आइडल बिजेताहरु बुद्ध लामा, उपविजेता निशान भट्टराई र प्रताप दासले आफ्नो प्रस्तुती दिने छन् । प्रस्तुतीका लागि सन् २०१८ को जनवरी देखि फेब्रुअरी सम्म एक महिना अमेरिका टुमा जाने आयोजकले जनाएको छ । उनीहरुको साथमा नेपाल आइडलका प्रस्तोता सुशील नेपाल पनि रहने छन् । 
केटिएमले विश्वका विभिन्न शहरहरुमा सांगितिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । अमेरिकमा संचालन गरिको सांगितिक प्रस्तुतीबाट संकलित रकमलहरु नेपालको सामाजिक क्षेत्रमा लगाउने जानइएको छ । 

केटिएम इन्टरटेन्डमेन्टको संस्थापक कर्मा छिरिङ, रोकेश गुरुङ र दिकिनी दलिलाह हुन । यस प्रस्तुतीको लागि नेपालमा नेपालमा कर्मा तेन्जिङ र समाजसेवी गिता गुरुङले व्यवस्थापनको काम गर्ने छन् । 

तपाईंको बिचार