Tuesday, October 23, 2018

टानमा नवनिर्वाचित दाहाल नेतृत्वले पदभार ग्रहण गर्‍यो

प्रकाशित मिति: 2017/11/20

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को गत कात्तिक १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नवराज दाहालको नेतृत्वले आज पदभार ग्रहण गरेको छ । 

टानको कार्यालय मालिगाउँमा वर्तमान अध्यक्ष चन्द्र रिजालको नेतृत्वले नवनिर्वाचित टिमलाई पदभार हस्तान्तरण गरेको हो । 

होटल ह्यातमा सम्पन्न टानको ३९औ वार्षिक साधारणबाट अध्यक्षमा नवराज दाहाल, वरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्धितिया उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना, सह–कोषाध्यक्षमा, तारा राना तथा सदस्यहरुमा ऋतु ग्याम्दान, रविन्द्र अधिकारी, राजन प्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुक बहादुर लामा, शेर बहादुर परियार र जंग बहादुर लामालाई चयन गरेको थियो । 

पदरभार ग्रहण पश्चात दाहालले सबै पदयात्रा व्यवसायीहरुको समस्या समाधानको लागि आफु अग्रसर हुने बताउँदै सबै पक्षसँग सहकार्य गर्दै समग्र पर्यटन विकासको लागि आफु समाहित हुने बताउनु भयो ।  

तपाईंको बिचार