Tuesday, October 23, 2018

दिपेन्द्र शर्मालाई नाट्टाको नेतृत्व लिन चौतर्फी दबाब

प्रकाशित मिति: 2017/12/01

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी जनवरीमा हुन गइरहेको निर्वाचनमा वर्तमान द्वितिय उपाध्यक्ष दिपेन्द्र शर्मा घिमिरेलाई अध्यक्षको उम्मेदवार बन्न चौतर्फी दबाब परेको छ । विगत डेढ दशक देखि नाटामा आवद्ध रहेर विभिन्न जिम्मेवारी सम्हाली सकेका शर्मालाई सो अनुभवका आधारमा पनि व्यवसायीहरुले नेतृत्वका लागि दबाब दिएको बुझिएको छ ।  

विगत लामो समय देखि पर्यटनमा आवद्ध शर्मा सन् २००२ बाट नाट्टामा आवद्ध छन् । सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालेका उनी हाल (२०१६ देखि २०१८) द्वितिय उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेका छन् । यसका अलवा अमेरिका, जापान, अष्ट्रेलियालगायत विश्वका ५० भन्दा बढि देशको भ्रमण गरि अन्तर्राष्ट्रिय पर्यटनबारे समेत राम्रो अनुभव हाँसिल गरिसकेका छन् शर्माले । साथै नाट्टाको बिभिन्न विभागहरुमा रहेर पर्यटनका समस्याहरु समाधनाका लागि  समन्वयकारी भूमिका निर्वाह समेत गरिसकेका छन् । 

डिके टुर एन्ड ट्भालका संचालक शर्मालाई पर्यटनमा बौदिक, अनुभवी र डायनामिक व्यवसायीको रुपमा चित्रण गरिन्छ । 

गन्तव्य नेपालसँग कुरा गर्दै शर्माले नाट्टामा गैरराजनीतिक, व्यवसायीक नेतृत्व आवश्यक रहेको बताए । व्यवसायीहरुको अपार सद्भाव, विश्वास र भरोसा आफु माथि रहेको भन्दै उनले नेतृत्व लिने विषयमा अग्रज र व्यवसायीहरुसँग छलफलको क्रममा रहेको जानकारी दिए । व्यवसायीको जनलहरले आफुलाई अध्यक्षको रुपमा हेर्न चाहेको भन्दै शर्माले व्यवसायीको सम्मानका लागि पनि अध्यक्षमा उम्मेदवारी दिनुपर्ने अवस्था रहेको बताए । 
व्यवसायसँगै शर्मा समाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । असक्त महिला, बालबालिका साथै  मुलुकमा आइपर्ने प्राकृतिक प्रकोपका बेला उनले सक्दो सहयोग गर्दै आएका छन् । 

तपाईंको बिचार