Saturday, December 16, 2017

शम्भुराज पाठकद्वारा नाट्टाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

प्रकाशित मिति: 2017/12/06

काठमाडौं । नेपाल एसोसिएसन अफ ट्रर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)का पूर्व प्रथम उपाध्यक्ष एवं ब्लुबर्ड टूर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक शम्भुराज पाठकले जनवरीमा हुने निर्वाचनका लागि नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । व्यवसायीक कामका लागि विगत २ महिना देखि अमेरिकाको वासिङटनडिसिमा रहेका पाठकले छिटै नेपाल फर्किएर निर्वाचनबारे आवश्यक गृहकार्य थालनी गर्ने जनाएका छन् । 

‘व्यवसायीक कामका लागि अमेरिकामा रहेको बेला केही साथीहरुले म अमेरिका पलायन भयो भनेर नकारात्मक प्रचार गरिरहनुभएको छ भन्ने कुरा मैले थाहा पाएको छु वासिङटनडिसिबाट टेलिफोनमा गन्तव्य नेपालसँग कुरा गर्दै पाठकले भने, त्यो केवल पराजित मानसिकता भएकाहरुले म माथि लगाएको अरोप मात्र हो । म पलायन भएको छैन ।’ उनले यस्ता नकारात्मक प्रचार गरेर अध्यक्ष बन्नबाट बाटो छेक्ने गलत प्रयासमा नलाग्न पनि आग्रह गरे । आफुले २ महिने अवधिमा विजेनश प्रमोशनका क्रममा अमेरिकाको विभिन्न सिटीहरुमा रहेर आफ्नो कार्य गरिरहेको पनि बताए । 

पाठक गएको नाट्टा निर्वाचनमा पनि अध्यक्षको उम्मेदवार बनेका थिए । नाट्टाको गिर्दो छविलाई उचो बनाउदै आम टूर एन्ड ट्राभल व्यवसायीको हकहितमा लगाउन आफुले अध्यक्षमा उम्मेदवारी दिन लागेको उनले बताए । पाठकले नाट्टामा पछिल्लो समय व्यापक राजनीतिकरण भएको भन्दै त्यसको अन्त्यका लागि आफ्नो नेतृत्वमा व्यवसायीक टिम निर्माण गरि अघि बढ्ने पनि जानकारी दिए । 

एकअर्को प्रसंगमा उनले नाट्टामा आफु प्रथम उपाध्यक्षको पदमा रहदा धेरै महत्वपूर्ण र राम्रा कामहरु भएको पनि स्मरण गरे । त्यस्तै उनले नाट्टाले पछिल्लो समय उद्देश्य अनुरुप काम गर्न नसकेको मात्र नभई संस्थालाई गतिबिहिन अवस्थामा बनाएको भन्दै त्यसलाई चिर्न र चलायमान बनाउन पनि आफ्नो नेतृत्व आवश्यक भएको दाबी गरे ।

 

तपाईंको बिचार