Tuesday, July 17, 2018

अध्ययन र अनुभवले खारिएका पर्यटन विज्ञ लेखनाथ भण्डारीलाई नाट्टाको नेतृत्व लिन आग्रह

प्रकाशित मिति: 2017/12/11


काठमाडौं । इच्छाशक्ति र निरन्तर मेहनत गरे सफलता धेरै टाढा छैन । बरिष्ठ पर्यटन व्यवसायी लेखनाथ भण्डारीको सफलताको कथाले यही भन्छ । कास्की जिल्ला (हाल) को पोखरा लेखनाथ महानगरपालिका वडा नं २५ हेम्जाको सुइखेतमा जन्मिएका लेखनाथ विगत २५ वर्ष देखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल छन् । 
भण्डारीको पर्यटकहरुसँगको सँगत उनी बुझ्ने भए देखिकै हो । उनको घर रहेको हेम्जा अन्नपूर्ण पदमार्ग जाने रुटमै पर्छ । सोही कारण पर्यटकहरु उनका घर, आगन अनि खेतबारीहरुमा टेन्ट टागेर बास बस्थे । सानै देखि केही नयाँ कुरा जान्न र बुझ्न उत्सुक भण्डारी त्यही समय देखि  पर्यटकहरुसँग कुराकानीका लागि नजिकिन्थे । त्यतीबेलै देखि उनको बालमष्तिकमा पर्यटनको सकारात्मक छाप परिसकेको थियो । या भनौ पर्यटनमै आफ्नो भविष्य देखिसकेका थिए ।  
त्यसपश्चात, स्कूल अध्ययनका क्रममा उनको अंग्रेजी भाषामा पनि निखारता आउँदै गयो । जव पोखराकै पृथ्वीनारायण क्याम्पसबाट उनले स्नातक तह उत्तिर्ण गरे । त्यसपछि केही साथीहरुसँगको सहकार्यमा भण्डारी ट्राभल्स एण्ड टुर्स स्थापना गरेर पर्यटन क्षेत्रमा आफ्नो पाइला अघि बढाए । कुनै अनुभव विनै सन् १९९२ मा कम्पनी खोलेका उनले विस्तारै–विस्तारै सफलताका शिखरहरु चुम्दै गए । त्यो अवधीमा उनी पृथ्वीनारायण क्याम्पसमै स्नातकोत्तर अध्ययन गर्दै पर्यटनबारे अध्ययन, अनुसन्धानमा पनि उत्तिकै समय खर्चदै थिए । पोखराको लेकसाइडमा ६ वर्ष ट्राभल्स कम्पनी संचालनको अनुभव संहालिसकेपछि सन् १९९९ मा उनी काठमाडौं प्रवेश गरे । र, उनले एकल लगानीमा एम्पल ट्राभल्स स्थापना गरे । त्यसपछि व्यवसाय र अध्ययनसँगै उनी अन्तर्राष्ट्यि पर्यटन सम्भावनाबारे जान्न र व्यवसायको प्रवद्र्धन गर्न विदेशको भ्रमण गर्न थाले । त्यसपछि उनले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । हाल सम्म उनले २१ भन्दा बढी देशको भ्रमण गरिसकेका छन् ।
पर्यटनमा लामो समय व्यत्तित गरिसकेका भण्डारी सन् २००७ बाट एमफिल अध्ययनका लागि पोखरा विश्व विद्यालयमा भर्ना भए । त्यहाँ पर्यटनमा एभिएसनको प्रभाव विषयमा उनले अनुसन्धान गरे । त्यसलगतै सन् २०१२ मा उनी पिएचडीको अध्ययनमा लागे । यसै वर्ष गएको सेप्टेम्बरमा “दी रोल अफ एभिएसन अन टूरिजम इन नेपाल”  विषयमा पिएचडीको अध्ययन कोर्ष सकाए ।  हाल उनी फाइनल भाइवाको प्रतिक्षामा छन् । 
पर्यटनमा सैद्धान्तिक र व्यवहारिक दुबै कोणबाट विज्ञता हाँसिल गरिसकेका सफल व्यवसायी भण्डारी नेपाली पर्यटन क्षेत्रको बहुचर्चित नाम हो । उनका दजनौ अनुसन्धनात्मक कृतिहरु राष्ट्यि तथा अन्तर्राष्ट्यि स्तरका जर्नल तथा कितावहरुमा प्रकाशित भइसकेका छन् ।सालिन, मिलन्सार, विज्ञ भण्डारी युवा उद्यमीहरुका लागि प्रेरणका स्रोत पनि हुन । 
भण्डारीको यही अनुभवलाई कदर गर्दै अहिले पर्यटन व्यवसायीहरुले नेपाल एसोसिएसन अफ टूर्स एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को केन्द्रिय अध्यक्षको उम्मेदवार बन्न आग्रह गरिरहेका छन् । संस्थामा पछिल्लो समय भिजन भएको नेतृत्वको खाँचो रहेको औल्याउदै व्यवसायीहरुले उनलाई अध्यक्ष बन्न आग्रह गरेको बुझिएको छ । उनको अनुभव र विज्ञताको कदर गर्दै सर्वसम्मत नेतृत्व चयन गर्ने आश्वासन व्यवसायीहरुले दिइरहेका छन् । नाट्टालाई थप चलायमान बनाउदै मुलुकको पर्यटन विकास र व्यवसायीक हितमा लगाउन पनि भिजन भएका र राजनीतिबाट टाढा रहेको व्यवसायीक समस्या बुझ्ने र सरकारलाई समेत पर्यटनबारे आवश्यक सल्लाह दिन सक्ने  सर्वसम्मत नेतृत्वको आवश्यकता रहेको भन्दै व्यवसायीहरुले नेतृत्वका लागि दबाब दिएका हुन । ‘अधिकांश साथीहरुले नेतृत्वका लागि अघि बढ्न सुझाएका छन्, उनले गन्तव्य न्यूज संग भने, यस क्षेत्रको समस्या समाधानका लागि नाट्टालाई थप चलायमान बनाउन पनि व्यवसायीले गरेको विश्वासलाई आत्मसाथ गर्दै म अहिले नेतृत्व लिनेबारे आवश्यक गृहकार्य गरिरहेको छु । ’  
पर्यटनबारे विषयगत ज्ञान र व्यवसायीक अनुभवसँगै उनीसँग नेपाल एसोसिएसन अफ टूर्स एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) पोखरा च्याप्टरको सचिव, उपाध्यक्ष हुदै एक वर्ष कार्यवाहक अध्यक्ष र  नाट्टाको केन्द्रकोे विभिन्न उपसमितिहरुमा रहेर काम गरेको अनुभव पनि छ ।  भण्डारी एम्पल ट्राभल्सका संग संगै एम्पल ट्रेकिङ र एडभेन्चर प्याराग्लाईडिका संञ्चालक समेत हुन यसका अलावा उनि भिटोफ नेपालका सल्लहाकार, दिगो पर्यटन सहकारी संस्थानका उपाध्यक्ष, मेगा वैंकका प्रोमटर, नेप्लीज राईट्स इन इग्लिसका केन्दीय सदस्य रुपमा आवद्ध छन ।   

 

तपाईंको बिचार