Tuesday, October 23, 2018

नाट्टा नेतृत्वको लागि आकांक्षीहरु बढ्दो

नेतृत्व चयनमा टानकै पुनरावृति हुने संकेत
प्रकाशित मिति: 2017/12/13

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी जनवरीमा हुने निर्वाचन मिति नजिकिएसँगै पर्यटनमा पुन निर्वाचन बहस सुरु भएसँगै नेतृत्वको लागि आकांक्षीहरु बढ्दै गएको छ । 

नाट्टाको आगामी नेतृत्वका लागि सम्राट टूर्स एन्ट ट्राभल प्रबन्धनिर्देशक सिएन पाण्डे, सि एन्ड स्काई टूर्सका प्रबन्ध निर्देशक अच्यूत गुरागाई, चियरफुल टूर्स एन्ड ट्राभल प्रबन्ध निर्देशक नारायण प्रसाद गुरुङ्ग (कोने), डिके टूर्स एन्ड ट्राभलका प्रबन्धनिर्देशक दिपेन्द्रकुमार शर्मा घिमिरे, ब्ल्यू स्काई टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक शम्भुराज पाठक र एम्पल टुर्स एण्ड ट्राभलका संचालक लेखनाथ भण्डारीको नाम चर्चामा रहेको छ । 

पाण्डे नाटाका वर्तमान प्रथम उपाध्यक्ष, शर्मा द्वितिय उपाध्यक्ष, गुरागाई पूर्व महासचिव, पाठक पूर्व उपाध्यक्ष, कोने पूर्वकोषाध्यक्ष र भण्डारी पर्यटन विज्ञ हुन । अध्यक्ष लगायतका अन्य उम्मेदवारहरुको चर्चा चलेसँगै नाट्टामा पनि भर्खरै सम्पन्न टान निर्वाचनकै पुनराबृती हुने देखिएको छ  । जसका लागि बाम गठबन्धनले पाण्डेलाई अघि सार्ने देखिन्छ भने लोकतान्त्रिक व्यवसायीहरुको तर्फबाट गुरागाईलाई अघि सार्ने देखिन्छ । यता स्वतन्त्र व्यवसायीको तर्फबाट युवा पर्यटन व्यवसायी शर्मा, पाठक, कोने र भण्डारीको नाम चर्चामा रहेको छ । 

नाट्टा सम्बद्ध व्यवसायीहरुले पछिल्लो समय नाट्टामा चरम राजनीतिक गुटबन्दीका बीच नेतृत्व चयन गर्ने  काम भइरहेको भन्दै आक्रोष पोखेका छन् । उनीहरुले नाट्टा हाक्नका लागि गैरराजनीतिक र अनुभवी व्यवसायीक नेतृत्व आवश्यक रहेको भन्दै नेतृत्व चयनमा मनोपोली नगर्न अग्रजहरुलाई आग्रह गरेका छन् ।

 नेपालमा मात्र होइन अन्तराष्ट्रिय बजारमा पनि नाट्टाको छुटै साख छ । विशेषत अन्तराष्ट्रिय बजारमा नेपालको सकारात्मक प्रचारगर्दै मुलुकमा पर्यटन आगमन बढाउन सहयोगीको रुपमा काम गर्दै आएको छ  । सोही अनुसार नेपालमा पर्यटक आगमन बढाउन र पर्यटकीय गतिविधिहरुलाई गतिशिल बनाउन नाट्टाले ठुलो भूमिका निर्वाह गर्ने हुदा राजनीतिक गुट, उपगुट भन्दा पनि साझा र अनुभवी व्यवसायीकको नेतृत्व नाट्टाले खोजी गरिरहेको व्यवसायीहरुले बताएका छन् ।

तपाईंको बिचार