Tuesday, July 17, 2018

नाट्टा अध्यक्षमा वर्तमान महासचिव पन्तको दाबेदारी

प्रकाशित मिति: 2017/12/18

काठमाडौं । नेपाल एसोसिएन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा वर्तमान महासचिव भिम पन्तले पनि दाबेदारी प्रस्तुत गरेका छन् । उनले व्यवसायीहरुको सल्लाह अनुसार आफुले अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएको गन्तव्य नेपाललाई जानकारी दिए ।

सन् १९८९ देखि पर्यटन क्षेत्रमा क्रियाशिल पन्त म्याग्निफिसेन्ट ट्राभलका संचालक हुन् । उनी सन् १९९६ देखि नाट्टामा आवद्ध छन् । सन् १९९६ मा साधारण सदस्यको रुपमा नाट्टा प्रवेश गरेका उनले सन् २०१० देखि २०१२ सम्म कार्यसमिति सदस्यमा रहेर काम गरे भने सन् २०१६ देखि २०१८ को कार्यसमितिमा महासचिवको पदमा रहेर कार्य गरिरहेका छन् ।

यसका साथै पन्तले ट्राभल, होटल लगायतका व्यवसाय संचालन गरिरहेका छन् । उनी टूरिजम डेभलपमेन्ट बैंकको बोर्ड अफ डाइरेक्टर समेत हुन । 

व्यवसायीहरुको अग्रहमा आफुले अध्यक्षमा उम्मेदवारी दिन चाहेको भन्दै उनले सहयोगका लागि सबैसँग आग्रह गरे । नाट्टालाई राजनीतिमूक्त बनाई विशुद्ध व्यवसायीक हकहितमा लगाउनु पर्ने अहिलको आवश्यकता भएको भन्दै पन्तले त्यसको लागि आफु तयार रहेको बताए । नाट्टाको पाइपलाईनमा रहेका कामहरु सम्पन्न गर्ने, व्यवसायी र सरकारसँग आवश्यक समन्वय गरि ट्राभल एन्ड टूर व्यवसायमा देखिएका  समस्या समाधान गर्ने आफ्नो प्रमुख एजेन्डा भएको पनि उनले बताए । 

पन्तले व्यवसायसँगै विश्वका तीन दर्जन देशको भ्रमण गरिसकेका छन् भने दजनौ सभा, समरोहमा सहभागि भई त्यहाँको पर्यटन विकासबारे समेत राम्रो ज्ञान हाँसिल गरेका छन् । 

तपाईंको बिचार