Friday, January 19, 2018

सौराहामा हात्ती महोत्सव सुरु

प्रकाशित मिति: 2017/12/26

चितवन । चितवनको पर्यटकिय क्षेत्र सौराहामा आजदेखि हात्ती महोत्सव सुरु भएको छ ।  उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।

सौराहामा हात्ती महोत्सव हरेक वर्ष हुने गरेको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १४ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्कषित र वृद्धि गर्ने रहेको छ ।

मूख्य रुपमा हात्ती सफारी र हात्तीका गतिविधि हेर्न मानिसहरु पर्यटकीय नगरी सौराहामा आउने गर्दछन् । यस बर्ष महोत्सवमा हात्तीको वनभोज, फाष्टवाक, हात्तीका छावाहरूको फुटबल प्रतियोगिता महोत्सवको आर्कषण हुन् । त्यसैगरी हात्तीपोलो, हात्ती पेन्टिङ, वार्थिङ कार्यक्रमका साथै गाडा र टाँगा दौड प्रतियोगितालाई पनि समावेश गराइन्छ ।

हात्ती वनभोजमा १ सय हात्ती सहभागी गराइने महोत्सव संयोजकको भनाई छ । सौराहामा ५७ वटा निजी हात्ती छन्, जसमध्ये ७० प्रतिशत महोत्सवमा सहभागी हुनेछन् । साथै अन्य निकुञ्जका हात्तीहरु पनि सहभागी हुन्छन् । यसवर्ष हात्तीको वाथिङ (नुहाउने) कार्यक्रम थपिएको छ ।

महोत्सवमा विभिन्न जातजातिका साँस्कृतीक पहिचान झल्कने स्टलसहित ४० वटा स्टल राखिएको छ । 

तपाईंको बिचार