Tuesday, July 17, 2018

एनएमएको २७ औ वार्षिक साधारण सभा पौष २७ मा

प्रकाशित मिति: 2017/12/26

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को २७ औं वार्षिक साधारण सभा यही पौष १४ गते हुने भएको छ । काठमाडौंको दरबारमार्ग स्थित होटल याक एन्ड यतिमा हुने उक्त साधारण सभामा संघको भावी कार्ययोजना र आगामी आवको वर्षको बजेटबारे आवश्यक छलफल गरि पारित गरिने जनाइएको छ । 

संघमा नयाँ नेतृत्व आएपछिको यो पहिलो साधारण सभा हो । त्यस्तै साधारण सभामा आर्थिक वर्ष २०७३/०७४ मा सर्वाधिक आरोहरण शूल्क जम्मा गर्ने उत्कृष्ट कम्पनीहरुलाई प्रशंसा पत्र प्रदान गरिने संघका कोषाध्यक्ष सुर्दशन न्यौपानेले बताउनु भयो ।

तपाईंको बिचार