Monday, April 23, 2018

नाट्टा निर्वाचन जनवरी १२ मा हुने निश्चित

प्रकाशित मिति: 2017/12/27

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले यहि पुस २८ गते जनवरी १२ मा संघको साधारणसभा सहितको निर्वाचन होटल र्‍याडिसनमा गर्ने जनाएको छ । 

आज बसेको नाट्टा कार्यसमिति बैठकले निर्वाचनको निर्णय गरे पश्चात पर्यटन बजारमा नाट्टा निर्वाचनको वहस ह्वात्तै बढेको छ । निर्वाचनको निर्णयसँगै नेतृत्वका लागि थुप्पै्र आकाक्षीहरु भएता पनि स्वतन्त्र व्यवसायीहरुको तर्फबाट सि एण्ड स्काई टूर्सका प्रबन्ध निर्देशक अच्यूत गुरागाई र वाम गठबन्धनको तर्फबाट सम्राट टूर्स एण्ड ट्राभलका प्रबन्धनिर्देशक सिएन पाण्डे बिच नै प्रतिस्पर्धा हुने निश्चित प्राय देखिएको छ । अध्यक्ष लगायतका अन्य उम्मेदवारहरुको चर्चा चलेसँगै नाट्टामा पनि भर्खरै सम्पन्न टान निर्वाचनकै पुनराबृती हुने देखिएको छ ।

 

तपाईंको बिचार