Friday, January 19, 2018

एनटीभीएको अध्यक्षमा रामशरण कार्की निर्विरोध, औपचारिक घोषणा पुस १४ मा हुने

प्रकाशित मिति: 2017/12/27

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)को अध्यक्षमा नेपाल कम्फर्ट टुर्स सर्भिसका सञ्चालक रामशरण कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । एनटीभीएका पूर्वअध्यक्षसमेत रहनुभएका कार्की पछिल्लो पटक आफ्नो व्यवसायको अलावा समाज सेवामासमेत समर्पित हुँदै आउनुभएको छ । 

कार्कीको नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा तिलक लोहार, द्धितीय उपाध्यक्षमा कैलाश कार्की, महासचिवमा सन्तोष न्यौपाने, सचिवमा प्रकाश सापकोटा र कोषाध्यक्षमा शंखनारायण महर्जन हुनुहुन्छ भने कार्यसमिति सदस्यहरुमा काजी थापा, भरत तिमिल्सिना, प्रतिकार कार्की, सम्भुप्रसाद खकुरेल र अनिल मोत्तान रहनुभएको छ । 

एनटीभीएको निर्वाचन तालिकाअनुसार पुस १० गते मनोनयन दर्ता रहेको थियो । निर्वाचन मनोनयन समयावधिभित्र सम्बन्धित पदहरुमा १/१ जनाको मात्रै मनोनयन परेकाले नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । 

यही पुस १४ गते विहान ८ बजेदेखि लैनचौर बैंक्यूटमा हुने एनटीभीएको १४औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको छ ।  

तपाईंको बिचार