Monday, October 22, 2018

पचास लाख पर्यटक भित्र्याउने पूर्व सञ्चारमन्त्री सापकोटाको उद्घोष

एनटीभीएमा रामशरण कार्की निविरोध
प्रकाशित मिति: 2017/12/29

काठमाडौं । पूर्व सुचना तथा सञ्चारमन्त्री अग्नी प्रसाद सापकोटाले नेपालको पर्यटन क्षेत्रलाई आफ्नो पार्टीले उच्च प्राथमिकतामा राखेको बताउँदै वाम गठबन्धनको सरकार बने लगतै ५० लाख पर्यटक भित्र्याउन प्रत्यन्तशिल रहने बताउनु भएको छ । 

राजधानीमा आज भएको नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)को १४औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै सापकोटाले समग्र पर्यटन यातायातको प्रबद्र्धन सम्बद्र्धन र व्यवस्थित गर्नको लागि आफु जहाँ रहे पनि लागि पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापा, टानका अध्यक्ष नवराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टुर्गानका निर्वतमान अध्यक्ष हरेराम बराल, रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलालगायतलेक नेपालको पर्यटन यातायातको उत्थानको लागि आफुहरु लागि पर्ने र त्यसको लागि एनटीभीएसँग सहकार्य गरेर सहयोगीको रुपमा सदासर्वदा रहने बताउनु भयो । सोही कार्यक्रममा एनटीभीएका संस्थापक अध्यक्ष रामहरि शर्मा, पूर्वअध्यक्ष मनोज श्रेष्ठलगायत पत्रकारहरु, संगम बाँनिया, मधुजंग पाण्डे र प्रकाश खालिङलाई सम्मान गरिएको थियो । उक्त साधारण सभाले नेपाल कम्फर्ट टुर्स सर्भिसका सञ्चालक रामशरण कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन समेत गरेको छ । 

कार्कीको नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा तिलक लोहार, द्धितीय उपाध्यक्षमा कैलाश कार्की, महासचिवमा सन्तोष न्यौपाने, सचिवमा प्रकाश सापकोटा र कोषाध्यक्षमा शंखनारायण महर्जन हुनुहुन्छ भने कार्यसमिति सदस्यहरुमा काजी थापा, भरत तिमिल्सिना, प्रतिकार कार्की, सम्भुप्रसाद खकुरेल र अनिल मोत्तान रहनुभएको छ । 

एनटीभीएको निर्वाचन तालिकाअनुसार पुस १० गते मनोनयन दर्ता रहेको थियो । निर्वाचन मनोनयन समयावधिभित्र सम्बन्धित पदहरुमा १/१ जनाको मात्रै मनोनयन परेकाले नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । 

तपाईंको बिचार