Tuesday, October 23, 2018

पाँच महिला पत्रकार एकै पटक सगरमाथा चढ्दै

प्रकाशित मिति: 2017/12/31

काठमाडौं । नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय पाँच महिला पत्रकारको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने अभियानमा जुटिरहेको छ । ‘समानताका लागि बुलन्द आवाज’ भन्ने नाराका साथ अघि बढाइएका उक्त अभियान टोलीमा मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज २४ टेलिभिजनकी प्रिया लक्ष्मी कार्की, नेपाल टेलिभिजनकी रोजिता बज्राचार्य र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छिन् । 

उक्त टोलीले आउँदो सिजनको अप्रिलमा सगरमाथा आरोहण गर्ने तयारी गरेको हो । अभियानअन्तर्गत गत नोभेम्बरमा दोलखा जिल्लाको रोल्वालिङस्थित रामदुङ हिमाल (५९२५ मिटर)को सफल आरोहण गरेको थियो । सगरमाथा आरोहण तयारी स्वरुप अहिले हरेक बिहान ८ बजेदेखि ११ बजेसम्म नियमित शारीरिक अभ्यास तथा साप्ताहिक रुपमा हाईकिङ र रक क्लाइम्बिङलगायतको तालिम गर्ने काम भइरहेको छ । 

‘फष्ट ओमेन जर्नालिष्टस् एभरेष्ट एक्स्पीडिसन २०१८’ नाम दिइएको उक्त अभियान टोलीले पर्यटन क्षेत्रमा चर्चित कम्पनी ड्रिमर्स डेस्टिनेशन टे«क्स एण्ड एक्स्पीडिसनमार्फत सगरमाथा आरोहण गर्न लागेको हो । 

तपाईंको बिचार