Monday, April 23, 2018

सुरेन्द्र भट्टराईद्वारा नाट्टाको कोषाध्यक्षमा दाबेदारी

प्रकाशित मिति: 2017/12/31

काठमाडौं । नेपाल एसोसिएन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को यहि जनवरी १२ मा हुन गईरहेको निर्वाचनको लागि कोषाध्यक्षमा युवा पर्यटन व्यवासयी सुरेन्द्र भट्टराईले दाबेदारी प्रस्तुत गरेका छन् । उनले नाट्टाको कोषलाई पारदर्शी बनाउँदै आर्थिक रुपमा नाट्टालाई सक्षम बनाउने आफ्नो इच्छा रहेको बताएका छन् ।

एक दशक देखि पर्यटन क्षेत्रमा क्रियाशिल युवा व्यवसायी भट्टराई ठमेलस्थित वैशाली टुर्स एण्ड ट्राभलका निर्देशक हुन् । उनी पर्यटन क्षेत्रमा सशक्त र जुझारु युवा पर्यटन व्यवसायीको रुपमा चिनिन्छन् । यसका साथै विभिन्न सामाजिक संस्थामा रहेर सामाजिक उत्थानको लागि पनि लागिरहेका छन् । 

युवा व्यवसायी र ट्राभल ट्रेडका अग्रजहरुको आग्रह र सल्लाह बमोजिम आफुले नाट्टा निर्वाचनमा कोषाध्यको रुपमा इच्छा जाहेर गरेको बताउँदै विशुद्ध गैरराजनीतिक र पर्यटन प्रवद्र्धनको लागि सान्दार संस्थाको रुपमा नाट्टालाई अघि बढाउने आफ्नो अभियान रहने पनि बताए । आफुले नाट्टामा जान लाग्नु विशुद्ध ट्राभल ट्रेड व्यवसायीको हक अधिकार रक्षा र व्यवसायीक नाट्टा रहेकोले सम्पूर्ण नाट्टा सम्बद्ध अग्रज तथा व्यवसायीहरुलाई आफुलाई सहयोगको लागि आग्रह समेत गरेका छन् । 

तपाईंको बिचार