Tuesday, July 17, 2018

नेपाल पर्यटन बोर्डको १९औं वार्षिकोत्सव सम्पन्न, प्रर्वद्धन र पूर्वाधारमा जोड दिईने

प्रकाशित मिति: 2018/01/01

काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो १९औँ वार्षिकोत्सव मनाएको छ । सन् १९९९ मा तत्कालीन पर्यटन विभागलाई खारेज गर्दै नेपाल पर्यटन बोर्डको स्थापना गरिएको थियो ।

आइतबार आयोजित वार्षिकोत्सवको अवसरमा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पर्यटकीय पूर्वाधार र प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा स्थापना गरिएको बोर्डले निजी क्षेत्रसँग मिलेर प्रवद्र्धनमै कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिदै उहाँले सन् २०१७ मा पर्यटकको संख्यात्मक बृद्धिमा आफुहरुले ध्यान दिएकोसमेत बताउनुभयो । 
  
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् २०१७ मा पर्यटक आगमन उत्साहजनक रूपमा वृद्धि भएको भन्दै आगामी दिनमा निजी क्षेत्रको सहकार्यमा प्रवद्र्धनका कार्यक्रमा केन्द्रित गर्ने बताउनुभयो । 

सो अवसरमा एक्सपिरेन्स नेपाल कार्यक्रम सार्वजनिक गरिएको छ । नेपाली खानाका २९ प्रकारलाई विश्वभर प्रचार गर्ने उद्देश्यका साथ घोषणा गरिएको उक्त कार्यक्रमको संयोजकको रुपमा दिपेश शाक्यलाई तोकिएको छ । 

 

तपाईंको बिचार