Sunday, April 22, 2018

सुरक्षित पर्यटनको लागि नेपाल प्रहरीले कुनै कसर राख्दैन : सर्वेन्द्र खनाल

प्रकाशित मिति: 2018/01/03

काठमाडौं । सुरक्षित पर्यटनको लागि नेपाल प्रहरी हर किसिमले लागि पर्ने र त्यसको लागि पर्यटन व्यवसायीहरुको पनि सहयोगको आवश्यकता रहेको महानगरिय ट्राफिक महाशाखाका प्रहरी नायव महानिरिक्षक सर्वेन्द्र खानाले बताउनु भएको छ । 

मंगलबार पर्यटक प्रहरी ईलाका भृकुटीमण्डपले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले पर्यटन क्षेत्र आर्थिक समृद्धिको मुख्य आधार स्तम्भ भएकोले यसलाई शान्ति क्षेत्र बनाउन नेपाल प्रहरीले कुनै कसर नराख्ने बताउनु भयो । 

नेपाल पर्यटन बोर्डका सीईओ दिपक राज जोशीले पर्यटन प्रर्बद्धन र पर्यटकीय गन्तव्य सुरक्षित बनाउनको लागि बोर्डले आवश्यक गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीका समस्या समाधानका लागि पर्यटन बोर्ड दत्तचित्तका साथ अघि बढि रहेको बताउनु भयो । 

त्यस्तै राष्ट्रिय यातायात महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले पर्यटन ऐन र यातायात ऐन व्यवहारिक रुपमा काम गर्नको लागि बाजिएकोले उक्त ऐनहरु समय सापेक्ष रुपमा संशोधन गरेर अगाडि बढ्नु पर्ने बताउँदै तमाम पर्यटक यातायातको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको भन्दै रोष्ट प्रकट गर्नुभयो । उहाँले पर्यटन सवारी साधानलाई धरकपड गर्ने लगायत पर्यटक सवार साधनहरुलाई अनावश्यक झमेला दिने कार्य भईरहेको भन्दै त्यस्तो कार्य तत्काल रोकिनु पर्ने बताउनु भयो । कार्यक्रममा पर्यटन प्रवद्र्धनमा सरोकार राख्ने संघ संस्था तथा निकायहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

तपाईंको बिचार