Saturday, June 23, 2018

डिके शर्माले नाट्टामा गैरराजनीतिक टिमको नेतृत्व गर्ने

प्रकाशित मिति: 2018/01/06

काठमाडौं । यही पौष २८ गते हुने नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को वार्षिक साधारण सभा एवं निर्वाचनमा संघका द्वितिय उपाध्यक्ष दिपेन्द्र्र कुमार शर्माले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी यथावत रहेको जनाएका छन् । उनले आफु र आफ्नो प्यानललाई सहयोग गर्न पनि व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

गन्तव्य नेपालसँग कुरा गर्दै शर्माले विगतमा नाट्टामा धेरै राजनीति भएको भन्दै त्यसको अन्तका लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । ‘नाट्टामा विगतमा धेरै राजनीतिक खेलहरु भए उनले भने, जसको कारण संस्थाको साख नै गिर्दै गयो  । अव पनि हामी चुप बस्यौ भने राजनीतिकरण अझ बढ्छ । त्यसको अन्तका लागि पनि म एउटा व्यवसायीक टिम बनाएर अघि बढ्दै छु । मलाई आशा छ व्यवसायीहरुले हामीलाई विश्वास गर्ने छन् । ’

व्यवसायी पनि नाट्टामा व्यवसायीक नेतृत्वकै खोजीमा रहेको भन्दै उनले संस्थापन पक्षको तर्फबाट आफ्नो नेतृत्वमा व्यवसायीले खोजे अनुसारको व्यवसायीक टिम बन्ने जिकिर पनि गरे । शर्माले नाट्टाले सुरुवात गरेका कामहरुलाई पूर्णता दिने, आएटा, कर, भ्याट लगायत व्यवसायीक समस्यालाई सम्बोधन गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योग्दान दिन सक्ने अनुभवी व्यवसायीक नेतृत्वको टिम निर्माणको गृहकार्यमा लागिरहेको पनि जानकारी दिए ।

शर्मा डिके टूर्स एन्ड ट्राभलका संचालक हुन । विगत लामो समय देखि पर्यटनमा आवद्ध शर्मा सन् २००२ देखि नाट्टामा आवद्ध छन् । सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालेका उनले हाल (सन् २०१६ देखि २०१८) द्वितिय उपाध्यक्ष्ँको जिम्मेवारी बहन गरिरहेका छन् । 

तपाईंको बिचार