Wednesday, December 12, 2018

नाट्टामा सिएन पाण्डेको नेतृत्वमा सहमति जुट्यो

प्रकाशित मिति: 2018/01/06

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) मा सिएन पाण्डेको नेतृत्वमा सहमतिय नेतृत्व चयन गर्न बाम र लोकतान्त्रिक गठबन्धनका व्यवसायीहरु सहमत भएका छन् ।  कांग्रेस, एमाले र एमाओवादी केन्द्रको संगठनमा आवद्ध पर्यटन व्यवसायीहरुको लामो कसरत  पछि नाट्टाले दलिय सहमतिका आधारमा नेतृत्व पाउने पक्का भएको छ। 

गन्तव्य नेपाललाई प्राप्त जानकारी अनुसार पाण्डेको नेतृत्वमा महासचिवमा कांग्रेसका तर्फबाट रमेश थापा र माओवादी केन्द्र समर्थित व्यवसायीहरुको तर्फबाट कोषाध्यक्षमा बिएन ढकाललाई चयन गरिएको छ। आज बेलुकी सम्म सम्पूर्ण कार्यसमितिको नाम सार्वजनीक गरिने बुझिएको छ । उक्त टिमलाई स्वतन्त्र र समावेशी बनाउने जनाइएको छ ।
 
उत्ता स्वतन्त्र व्यवसायीहरुको प्रतिनिधित्व गर्दै संघका द्वितिय उपाध्यक्ष डिके शर्मा भने अध्यक्षमा उम्मेदवारी दिने जानएका छन् । जसका लागि आवश्यक गृहकार्य भइरहेको उनले बताएका छन् । 

 

तपाईंको बिचार