Friday, January 19, 2018

नाट्टामा सिएन पाण्डे समुहको टिम सार्वजनिक

प्रकाशित मिति: 2018/01/07

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को जनवरी १२ मा हुन लागिरहेको निर्वाचनको लागि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको सहमति अनुसार सम्राट टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक तथा नाट्टाका प्रथम उपाध्यक्ष सिएन  पाण्डेको टिम सार्वजनिक गरिएको छ 

उक्त टिममा प्रथम उपाध्यक्ष अचुत गुरागाई, दितिय उपाध्यक्ष  सुनिल शर्मा, महासचिव रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ,कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराइ रहेका छन भने सदस्यहरुमा इनु थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा,सुर्दशन नेपाल, रमेश पौड्याल,देवकी गुरुङ र रोमी श्रेष्ठ रहेका छन् । सो समुहले आफ्नो टिमलाई स्वतन्त्र र समावेशि टिम भएको जनाएको छ । 

उता स्वतन्त्र र गैर राजनीति टिम भन्दै डिके टुर्स एण्ड ट्राभल्सका प्रवन्ध निर्देशक तथा नाट्टाका दितिय उपाध्यक्ष दिपेन्द्र शर्मा घिमिरेले आफ्नो  समुहको मनोनयन दर्ता गर्ने पनि वताउनु भयो । 

 

 

तपाईंको बिचार