Friday, January 19, 2018

नाट्टा निर्वाचनको लागि दिपेन्द्र समुहको स्वतन्त्र टिम सार्वजनिक

प्रकाशित मिति: 2018/01/07

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को जनवरी १२ मा हुन लागिरहेको निर्वाचनको लागि गैरराजनीतिक  र स्वतन्त्र टिम भनिएको डि.के टुर्स एण्ड ट्राभल्सका प्रवन्धनिर्देशक तथा नाट्टाका दितिय उपाध्यक्ष दिपेन्द्र कुमार शर्मा घिमिरेको टिम सार्वजनिक गरिएको छ । 

उक्त टिममा  प्रथम उपाध्यक्षमा  चित्र बहादुर  गुरुङ, दितिय उपाध्यक्षमा  संगिता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सि. भट्टराई कोषाध्यक्षमा राम श्रेष्ठ, सह–कोषाध्यक्षमा युवराज सुवेदी रहेका छन् भने कार्यसमिति सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डि.पि अर्याल (हरि), बेन्जु श्रेष्ठ (मुखिया), गीता ढकाल र विनोद कार्की रहनु भएको छ । 

तपाईंको बिचार