Monday, April 23, 2018

गैरराजनीतिक र व्यवसायीक टिमको नेतृत्व मैले गरेको छु : दिपेन्द्र शर्मा घिमिरे

प्रकाशित मिति: 2018/01/08

काठमाडौं । यही पौष २८ गते हुने नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को वार्षिक साधारण सभा एवं निर्वाचन सम्बन्धमा अध्यक्षका प्रत्यासी एवम् संघका द्वितिय उपाध्यक्ष दिपेन्द्र्र कुमार शर्माले आफ्नो उम्मेदवारी नाट्टालाई राजनीतिक कृडा स्थलबाट मुक्त गर्न र पूर्ण व्यवसायीक संस्थाको पहिचान दिनको लागि रहेको बताएका छन् । 

गन्तव्य नेपालसँग एक संक्षिप्त कुराकानी गर्दै शर्माले हामीले नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि समावेशी टिम बनाएका छौं भन्दै नाट्टाको साख गिर्न नदिनको लागि आफ्नो अभियान रहेको हुँदा सम्पूर्ण अग्रज तथा नाट्टा सम्बद्ध व्यवसायीहरुलाई सहयोग गरिदिनुहुन आग्रह गरेका छन् । अव पनि हामी चुप बस्यौ भने राजनीतिकरण अझ बढ्छ । त्यसको अन्तका लागि पनि मेरो समुहको नेतृत्व नाट्टामा जान जरुरी थियो । हामीमा कुनै स्वार्थ छैन । सहमतिको नाममा नाट्टाका वर्तमान कार्यसमितिलाई समेत गुम्राहामा राखेर सहमति भनियो त्यो हामीलाई थाहै छैन, कस्तो सहमति कहाँ कसरी भएको सहमति हो । हामीलाई पनि थाहा हुनु पथ्र्यो नि ? यो अत्यन्तै दुःखद पक्ष हो । त्यसकारण व्यवसायी साथीहरुले वास्तविकता बुझ्नु हुनेछ र हामीलाई सहयोग गर्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौं उनले बताए । 

व्यवसायीहरु पनि नाट्टामा गैरराजनीतिक र व्यवसायीक नेतृत्वकै खोजीमा रहेको भन्दै उनले संस्थापन पक्षको तर्फबाट आफ्नो नेतृत्वमा व्यवसायीले खोजे अनुसारको व्यवसायीक टिम बनेको जिकिर पनि गरे । शर्माले नाट्टाले सुरुवात गरेका कामहरुलाई पूर्णता दिने, आएटा, कर, भ्याट लगायत व्यवसायीक समस्यालाई सम्बोधन गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा लागि पर्ने आफ्नो समुहको मुलभुत एजेन्डा रहेको पनि बताए । 

शर्मा डिके टूर्स एन्ड ट्राभलका संचालक हुन । विगत लामो समय देखि पर्यटनमा आवद्ध शर्मा सन् २००२ देखि नाट्टामा आवद्ध छन् । सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालेका उनले हाल (सन् २०१६ देखि २०१८) द्वितिय उपाध्यक्ष्ँको जिम्मेवारी बहन गरिरहेका छन् ।

तपाईंको बिचार