Tuesday, October 23, 2018

नाट्टा निर्वाचनको लागि आज साँझ ५ बजे शर्मा समुहको पत्रकार सम्मेलन

प्रकाशित मिति: 2018/01/08

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को आगामी जनवरी १२ मा हुन गईरहेको निर्वाचनका लागि दिपेन्द्र कुमार शर्मा घिमिको स्वतन्त्र व्यवसायी समुहले आज होटल अन्नपूर्णमा पत्रकार सम्मलेन गर्ने जनाएको छ । 

साँझ ५ बजेबाट सुरु हुने शर्मा समुहको पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकार, नाट्टा सम्बन्ध अग्रज तथा व्यवसायीहरुलाई सक्रिय सहभागिताको लागि अनुरोध समेत गरेको छ । उक्त समुहले आफ्नो टिम गैरराजनीतिक, व्यवसायीक र स्वतन्त्र समुह भएकोले नाट्टालाई सानदार व्यवसायीक संस्था बनाउने आफ्नो समुहको अभियानलाई साथ दिन सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई अनुरोध समेत गरेको छ । 
 

तपाईंको बिचार