Monday, April 23, 2018

पाण्डे समुहको पत्रकार सम्मेलन, आफ्नो टिम व्यवसायीक रहेको भनाई

प्रकाशित मिति: 2018/01/08

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को आगामी जनवरी १२ मा हुन गईरहेको निर्वाचनका लागि सीएन पाण्डे समुहले उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

होटल बैशालीमा आयोजित पत्रकार सम्मेलनमा पाण्डे समुहले आफ्नो टिम राजनीतिक गुट उपगुट नभई, व्यवसायीक र समावेशी रहेको बताउँदै टिम सार्वजनिक गरेको छ । पाण्डे समुहको प्यानलबाट प्रथम उपाध्यक्षमा अच्यूत गुरागाई, द्धितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भट्टराई तथा सदस्यहरुमा इन थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा, सुर्दशन नेपाल, रमेश पौड्याल, देवकी गुरुङ र रोमी श्रेष्ठ उम्मेद्धार रहेका छन् । 

तपाईंको बिचार