Friday, January 19, 2018

नाट्टाको कोषलाई बलियो बनाउछु : राम श्रेष्ठ, शर्मा समुहका कोषाध्यक्षका प्रत्यासी उम्मेदवार

प्रकाशित मिति: 2018/01/09

काठमडौं । युवा पर्यटन व्यवसायी राम श्रेष्ठ डिके शर्मा नेतृत्वको प्यानलबाट आसन्न नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को कोषाध्यक्षका उम्मेदवार हुन । 

नाट्टाको कोष मजबुत हुन नसक्दा सोचे अनुसारको काम गर्न नसकको भन्दै कोषको स्तरोन्नतीका लागि आफुले कोषाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए । ‘पर्यटक बसपार्क निर्माण, अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन लगायतका काममा नाट्टाले जुन रुपमा भूमिका खेल्नु पर्ने हो त्यो भएको छैन । गन्तव्य नेपालसँगको कुराकानीका उनले भने, त्यसको प्रमुख कारण भनेकै संस्थाको कोष बलियो नहुनु  हो । त्यसकारण अब मेरो एक मात्र एजेन्डा भनेको नाट्टाको कोषलाई मजबुत बनाउदै पर्यटन प्रवद्र्धनमा लगाउने हो ।’

त्यस्तै उनले नाट्टाको पाइपलाईनमा रहेका कामहरुलाई पूर्णता दिन र व्यवासयीक समस्या सम्बोधनमा पनि आफुले सशक्त भूमिका खेल्ने भन्दै सहयोगका लागि सबैसँग आग्रह गरे । श्रेष्ठ हार्वेस मुन ग्रुप अफ कम्पनीका संचालक हुन । 

तपाईंको बिचार