Friday, January 19, 2018

म कुरा होइन काम गरेर देखाउछु : राजकुमार थापा पाण्डे समुहका कोषाध्यक्षका प्रत्यासी

प्रकाशित मिति: 2018/01/09

काठमाडौं । राजकुमार थापा नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को सिएन पाण्डे नेतृत्वको समूहबाट कोषाध्यक्ष पदका उम्मेदवार हुन । विगत लामो सयम देखि पर्यटन क्षेत्रमा त्रियाशिल थापाले नाट्टालाई आर्थिक रुपमा सम्बृद्ध बनाउनु आफ्नो प्रमुख एजेन्डा भएको बताएका छन् । 

गन्तव्य नेपालसँग कुरागर्दै उनले नाट्टाको कोषलाई स्वच्छ र पारदर्शी बनाउनु आजको सबैभन्दा प्रमुख आवश्यकता भएको बताए । उनले आर्थिक हिसावमा संघलाई स्वच्छ र पारदर्शी बनाउने बाचा पनि गरे । ‘म अरुले जस्तो भवन बनाउने, जग्गा खरिद गर्ने कुरा मात्र गर्दिन उनले भने, विगतमा धेरै कुराहरु भए तर काम केही भएन त्यसकारण अव म काम गरेर देखाउछु । त्यसो हुदाँ मलाई व्यवसायीले पनि विश्वास गर्नु हुनेछ ।’

पछिल्लो समय सरकारले कम्पनीहरुको पूँजी बृद्धि गर्ने निर्णयले साना तथा मझौला व्यवसायीलाई ठुलो समस्यामा पर्ने भन्दै उनले त्यसलाई सम्बोधन गर्न पनि सबैसँग सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता जनाए । एवान एक्सकर्सन प्रालिका संचालक थापा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका पूर्वमहासचिव पनि हुन । 

तपाईंको बिचार