Monday, April 23, 2018

स्वतन्त्र र व्यवसायीकता नै मेरो जित्ने आधार हो : विनय बस्नेत नाट्टा महासचिवका प्रत्यासीे

प्रकाशित मिति: 2018/01/09

काठमाडौं । विजय बस्नेत नेपाल एसोसिएसन अफ टूर्स एन्ड ट्राभल (नाट्टा) को महासचिव पदका दावेदार हुन । डिके शर्मा नेतृत्वको प्यानलबाट चुनावी मैदानमा होमिएका उनीसँग पर्यटन क्षेत्रमा दुई दशक लामो अनुभव छ । 

सन् १९९१ म कोशी टूर्स एन्ड ट्राभल संचालन गरि पर्यटन क्षेत्रमा प्रबेश गरेका उनी सन् १९९९ देखि नाट्टामा आवद्ध छन् । यस अघि दुई कार्यकाल कार्यसमिति सदस्य पदमा रहेर काम गरिसकेका बस्नेत वर्तमान कार्यसमिति सदस्य पनि हुन । पर्यटन क्षेत्र र स्वयंम नाट्टामा आवद्ध भएर संगालेको अनुभवका आधारमा आफुले महासचिव पदमा उम्मेदवारी दिएको भन्दै सहयोगका लागि सबैसँग आग्रह गरे । 

नाट्टाको सचिवालयलाई सुधार गर्ने, सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने योजनालाई मूर्तरुप दिने, हवाई क्षेत्रको सुधार र पर्यटकीय पूर्वाधार निर्माणमा नाट्टालाई थप सशक्त रुपमा लगाउने आफ्नो प्रमुख एजेन्डा भएको उनले बताए । उनले आफ्नो टिम पूर्ण स्वतन्त्र र व्यवसायीक भएको भन्दै यस टिमले जिते मात्र आम टूर एन्ड ट्राभल व्यवसायीको जित हुने दाबी गरे । राजनीतिक स्वार्थबाट पोतिएको नेतृत्वले नाट्टा र त्यसमा आवद्ध व्यवसायीको भलो नगर्ने भन्दै राजनीतिक भागबन्डाका आधारमा पद बाडिखाने प्रबृती रोक्न पनि आफ्नो टिमलाई मतदान गर्ने विश्वास व्यक्त गरे । 

तपाईंको बिचार