Friday, January 19, 2018

आर्थिक पक्ष सवल बनाएर अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धनमा खर्चिनेछुः सुरेन्द्र भट्टराई

प्रकाशित मिति: 2018/01/09

काठमाडौं । नेपाल एसोसिएन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को आसन्न निर्वाचनमा युवा पर्यटन व्यवासयी सुरेन्द्र भट्टराईले सिएन पाण्डे समुहबाट सहकोषाध्यक्षमा उम्मेद्धारी दिनुभएको छ । व्यवसायिक हक अधिकार सुनिश्चिततासँगै आर्थिक पारदर्शीतालाई आफ्नो मुख्य एजेण्डा बनाउनुभएका भट्टराईले नाट्टालाई आर्थिक रुपमा सक्षम बनाउनका लागि आफुले उम्मेद्धारी दिएको बताउनुभएको छ ।

एक दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल युवा व्यवसायी भट्टराई ठमेलस्थित वैशाली टुर्स एण्ड ट्राभलका निर्देशक हुनुहुन्छ । उहाँ पर्यटन क्षेत्रमा सशक्त र जुझारु युवा पर्यटन व्यवसायीको रुपमा चिनिनुहुन्छ । आफ्नो व्यवसायको अलावा उहाँ विभिन्न सामाजिक संस्थामा रहेर सामाजिक उत्थानमा समेत समर्पित रहँदै आउनुभएको छ । नाट्टामा गएर विशुद्ध व्यवसायिक पक्षमा आवाज बुलन्द गर्नका लागि आफु उम्मेद्धार बनेको भन्दै उहाँले नाट्टा सम्बद्ध अग्रज तथा व्यवसायीहरुलाई सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।

तपाईंको बिचार