Friday, January 19, 2018

आज साँझ शर्मा र पाण्डे समुहको परिचयात्मक कार्यक्रम होटल अन्नपूर्ण र र्‍याडिसनमा

प्रकाशित मिति: 2018/01/11

काठमाडौं । भोली जनवरी १२ तारिकमा हुने नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को वार्षिक साधारण सभा एवं निर्वाचनमा गैरजानीतिक, व्यवसायीक र स्वतन्त्र समुह भनिएको दिपेन्द्र्र कुमार शर्मा घिमिरे र तीन दलिय राजनीतिक गठबन्धन भनिएको सिएन पाण्डेको प्रचार प्रसारको अन्तिम कार्यक्रम आज विहिबार साँझ हुने भएको छ ।

साँझ ५ः३० बजेबाट शुरु हुने दुवै समुहको परिचयात्मक तथा रात्रिभोज होटल अन्नपूर्णमा शर्मा समुहको र होटल र्‍याडिसनमा पाण्डे समुहको कार्यक्रम राखिएको छ । दुवै पक्षले नाट्टा सम्बद्ध व्यवसायी तथा अग्रजहरुलाई उपस्थितिको लागि अपिल समेत गरेका छन् । नाट्टा निर्वाचन भोली होटल सोल्टीमा हुँदैछ । 

तपाईंको बिचार