Tuesday, October 16, 2018

नाट्टा निर्वाचन विवादीतः पाण्डेलाई अध्यक्ष घोषणा गरियो, चुनाव मैले जितेको थिए : शर्मा

प्रकाशित मिति: 2018/01/12

 

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को हिजो शुक्रबार सम्पन्न निर्वाचनको मतगणनाको क्रममा शनिवार विहान ३ बजेबाट सुरु भएको विवाद पश्चात मतपरिणाम ढिलो गरी घोषणा भएको छ । अध्यक्ष पदको लागि विवादास्पद मत परिणाम घोषणा गर्न खोजिएको भन्दै अध्यक्षका प्रत्यासी दिपेन्द्र कुमार शर्मा घिमिरेले तत्काल घोषणा नगर्न माग गर्दै निर्वाचन समितिमा उजुरी समेत दर्ता गरेका छन् । 

शर्माले गन्तव्य नेपालसँग कुराकानी गर्दै आफुले मतगणनामा दुई मतले जितेको तर आफ्नो प्रतिद्धन्दी सिएन पाण्डेलाई ६ मतले विजयी भयो भनेर जबरजस्ती रुपमा घोषणा गरिएको भन्दै यसमा आफ्नो समर्थन नरहेको बताएका छन् । यो सुनियोजित ज्यादति हो भन्दै आफु अन्यायमा परेको बताएका छन् । 

तपाईंको बिचार