Monday, September 24, 2018

नाट्टा निर्वाचन : पर्यटनमा दलिय गठबन्धनलाई नराम्रो धक्का

प्रकाशित मिति: 2018/01/13

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) निर्वाचनको मतपरिणामले पर्यटनमा क्रियाशिल राजनीतिक पार्टीका संगठनलाई नराम्रो धक्का दिएको छ । मुख्य राजनीतिक दल नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसमा आवद्ध पार्टी संगठनको समर्थनमा सिएन पाण्डेको नेतृत्वमा चुनावी मैदानमा होमिएको टिमलाई स्वतन्त्र र व्यवसायीक भनिएको डिके शर्मा नेतृत्वको प्यानलले निकै चुनौति दियो । 

तीन पार्टीको संगठनको समर्थन भए पनि अध्यक्षमा पाण्डे झिनो मतान्तरले मात्र विजयी भए भने द्वितिय उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र दुई कार्यसमिति गरि पाँच पदमा शर्मा नेतृत्वको टिमले बिजय  हासिँल गर्यो ।  
सिएन पाण्डेले २१२ मत ल्याएर अध्यक्षमा बिजयी भए भने डिके शर्माले २०६ मत प्राप्त गरे । त्यस्तै प्रथम उपाध्यक्षमा पाण्डे समूहकै अच्यूत गुरागाईले २११ ल्याए भने उनका प्रतिस्पर्धी चित्रबहादुर गुरुङले १९५ मत ल्याए, द्वितिय उपाध्यक्षमा शर्मा प्यानलका संगिता जिरेल (बादे) ले २०५ मत ल्याईन भने सुनिल शर्माले २०० मत ल्याए, महासचिवमा रमेश थापाले २३३ र विजय बस्नेताले १७६, सचिवमा सविता भट्टराईले २२२ र उनका प्रतिस्पर्धी हरिभक्त श्रेष्ठले १८९ मत ल्याए । त्यस्तै कोषाध्यक्षमा रामप्रसाद श्रेष्ठले २१३ र उनका प्रतिस्प्रर्धी राजकुमार थापाले १९४ मत ल्याए भने  सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले २३१ र उनका प्रतिस्पर्धी युवराज सुवेदीले १६७ मत ल्याए । त्यस्तै शर्मा समूहबाटै सदस्यकी उम्मेदवार बनेकी गिता ढकालले सबैभन्दा बढि २४७ मत ल्याइन । 

मतपरिणमा हेर्दा अधिकांश पदमा झिनो मतान्तरले नतिजा आएको छ । यो नतिजाले पनि पर्यटनलाई राजनीतिमूक्त बनाउने अभियानले साथर्कता पाउने मार्गमा रहेको देखिन्छ भने भाषणमा राजनीतिमूक्तको कुरा गर्ने तर पदिय लोलुप्तामा जे गर्न पनि तयार हुने संगठनका पदाधिकारीलाई पनि यो नतिजाले राम्रो सवक सिकाएको छ । 

व्यवसायीहरुका अनुसार तीन पार्टीको समर्थन रहेको उक्त समूहले करिब एक करोड रुपैयाँको हाराहारीमा चुनावी प्रचारको लागि खर्च गरेको छ । यति ठुलो खर्च अनि संगठनको ह्विपलाई समेत अस्विकार गर्दै स्वतन्त्र र व्यवसायीक समूहको पक्षमा यति धेरै मत जानुलाई पर्यटनमा हामीले जे गर्यो त्यही हुन्छ भन्ने राजनीतिक संगठनको महत्वकांक्षले अव फेल खाने लक्ष्ण देखिएको नतिजा सार्वजनीक भएपछि सामाजिक संजालमा व्यक्त व्यवसायीका विचारहरुले पनि पुष्टि गर्छ । 

 

तपाईंको बिचार