Monday, September 24, 2018

नाट्टा निर्वाचनबारे अग्रजहरुको सल्लाह लिदै डिके शर्मा

प्रकाशित मिति: 2018/01/13

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को पूर्वद्वितिय उपाध्यक्ष एवं अध्यक्षका प्रत्यासी दिपेन्द्रकुमार घिमिरे (डिके शर्मा) ले हिजो सम्पन्न निर्वाचनमा सहभागि सबैलाई धन्यवाद दिएका छन् । एक विज्ञप्ती जारी गर्दै उनले निर्वाचनको समयमा सहयोग गर्ने सम्पूर्ण सदस्य, पर्यटनका अग्रज, संचारकर्मी लगायत सबैलाई धन्यवाद दिएका हुन । 

पूर्व कार्यसमितिका कसैलाई पनि समावेश नगरि राजनीतिक भागबन्डाबाट कार्यसमिति बनाउने प्रयास विरुद्ध आफुले उम्मेदवारी दिएको उनले बताए ।  पर्यटनलाई राजनीतिमूक्त बनाउने अभियान अन्तर्गत आफुलाई मतदान गरेर व्यवसायीले नयाँ सन्देश दिएको भन्दै उनले विगतमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए । 
उनले पुन मतगणना गर्न माग पनि गरेका छन् । जसका लागि नाट्टा निर्वाचन आयोगलाई निवेदन दिएको जनाइएको छ । ‘हिजोको निर्वाचनबाट २ तिहाई मत ल्याएर जित्ने दाबी गरेकाहरुको अध्यक्षमै जित भएको होकी होइन भन्ने शंका  छ, उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। ’  पुन मतदानका गर्ने विषयमा विज्ञहरुसँग आवश्यक सल्लाह लिई छिटै धारणा सार्वजनिक गर्ने पनि उनले बताएका छन् । 

 

तपाईंको बिचार