Sunday, February 25, 2018

ग्रामिण पर्यटन प्रवद्र्धनका लागि भिटोफ नेपालले मनकवानपुरको कुन्छालमा अवलोकन भ्रमण गर्ने

प्रकाशित मिति: 2018/02/14

 

काठमाडौं, २ फागुन । गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले यही फागुन ५ र  ६ गते मनकवानपुरको थाहा नगरपालिका कुन्छाल गाँउको अवलोकन भ्रमण गर्ने भएको छ ।  सो गाँउमा ग्रामिण पर्यटन प्रवद्र्धनका लागि अवलोकन भ्रमण गर्न लागिएको मञ्चले जनाएको छ । 

मञ्चले यसअघि नै कुन्छाल सहित तीन गाँउलाई पर्यटकीय गाँउको रुपमा घोषणा गरिसकेको छ । मञ्चकी सचिव जस्फा  पाण्डेको संयोजकत्वमा सो अवलोकन भ्रमण कार्यक्रम गर्ने मञ्चका अध्यक्ष कमल सापकोटाले जानकारी दिए । अवलोकन भ्रमणका लागि सापकोटाको नतृत्वमा पर्यटन व्यवसायी, पर्यटन विज्ञ, नेपाल पर्यटन बोर्ड लगायतका अन्य पर्यटकीय संघ–संस्थाका प्रतिनिधि एवं पर्यटन पत्रकार सहभागि हुने सापकोटाले जानकारी दिए । सो अवलोन भ्रमणको मिडिया संयोजन भने मञ्चका द्वितिय उपाध्यक्ष दिपक दाहालले गर्ने छन् । 

सो गाँउ गोपाल जातिको बसोबास रहेको छ । कृषि,संस्कृतिका हिसावले उत्कृष्ट रहेको भन्दै अध्यक्ष सापकोटाले सो गाँउ पर्यटकको रोजाइमा पर्ने विश्वास पनि व्यक्त गरे । ‘यस कुन्छाल गाँउबाट डाँडाकाडाँका मनोरम दृष्यको अवलोकन सहित कला संस्कृतिको अध्ययनका लागि उत्कृष्ट गन्तव्य हुने छ ’ उनले भने ।  

यस गाँउमा पुरानो कपडा बुन्ने परम्परा पनि छ । त्यस्तै अध्यक्ष सापकोटाले विस्तारै अन्य गाँउहरुलाई पनि पर्यटकीय क्षेत्रको रुपमा घोष्णा गर्दै स्थानीय स्तरको जिवनस्तर विकासमा मञ्चले सहयोग पुर्याउने बताए । 

तपाईंको बिचार