Sunday, February 25, 2018

पर्यटक प्रहरीद्धारा टुरगाईड लाईसेन्स चेकिङमा कडाई साथ सुरु

प्रकाशित मिति: 2018/02/14

काठमाण्डौ । पर्यटकीय स्पोटहरुमा अबैधानिक पथ प्रदर्शन कार्य बढ्दै गईरहेको भन्दै पर्यटक प्रहरी शाखा भृकुटीमण्डपले अनुगमनलाई तिब्रता दिएको छ ।

आज पर्यटकीय स्थल स्वयंम्भु र काठमाण्डौ दरबार स्क्वायरमा पर्यटक प्रहरीले अनुगमन गर्दा करिब दुई दर्जन अबैधानिक पथप्रर्दशक भेटिए । उनीहरु अबैधानिक रहेको प्रहरीको दाबी छ ।

अनुगमनमा समातिएका गैह्र पथप्रर्दशकहरुलाई केही समय नियन्त्रणमा लिई चेतावनीस्वरुप पहिलो पटको लागि छाडिएको छ । अबैधानिक भनिएकाहरु अधिकांशसँग बिनालाईसेन्स पथप्रर्दशकको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको हो ।

पर्यटक प्रहरीले लाईसेन्स चेकिङलाई कडाईका साथ अगाडि बढाउने भन्दै बिना लाईसेन्स कार्य गर्ने जोकोहीलाई पनि नछाड्ने पर्यटक प्रहरी कार्यलय भृकुटीमण्डपले जनाएको छ । 

उक्त पथप्रर्दशन चेकिङको लागि टुरीष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान)ले संयोजन गरेको थियो ।

तपाईंको बिचार