Sunday, February 17, 2019

लुम्बिनीलाई विश्वकै पर्यटकीय गन्तव्य बनाउँछौं ः प्रधानमन्त्री

प्रकाशित मिति: 2018/04/30


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई विश्वकै आकर्षक एवं पवित्र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनु भएको छ । २५६२औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०७५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीलाई पवित्र स्थानको आभास दिनेगरी विकास गरिने बताउनुभयो । 

शास्त्रहरुमा वर्णन गरिएभन्दा बढी सुगन्धित, पवित्र बगैंचाको रुपमा विकास गर्नेगरी सरकार लागिपरेको बताउँदै उहाँले लुम्बिनीलाई विश्वकै पवित्र शान्ति केन्द्रको रुपमा विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । लुम्बिनीलाई हजारौं वर्षपहिले यहीँ जन्मिएका सम्राट अशोकले स्थापित गरिसकेकाले थप बहस र विवाद जरुरी नरहेको उहाँको तर्क थियो । 

लुम्बिनीको दिगो पर्यटकीय विकासका निम्ति रामग्राम(लुम्बिनी–तिलौराकोट जोड्न मोनोरेल सञ्चालनको आवश्यकता औंल्याउनु भएको छ ।  प्रधानमन्त्रीले बुद्ध जन्मस्थलबारे विभिन्न माध्यममा भ्रम फैलाउने प्रयास भए पनि भ्रममा नपर्न विश्व समुदायलाई आग्रह गर्नुभयो । 

तपाईंको बिचार