Sunday, February 17, 2019

टुरगाईड लाईसेन्स चेकिङलाई निरन्तरता

प्रकाशित मिति: 2018/05/03

काठमाण्डौ । पर्यटकीय स्पोटहरुमा अबैधानिक पथ प्रदर्शन कार्य बढ्दै गईरहेको भन्दै पर्यटक प्रहरी शाखा भृकुटीमण्डपले अनुगमनलाई तिब्रता दिएको छ ।

आज पर्यटकीय स्थल  काठमाण्डौ दरबार स्क्वायरमा पर्यटक प्रहरीले अनुगमन गर्दा करिब एक दर्जन अबैधानिक पथप्रर्दशक भेटिए । उनीहरु अबैधानिक रहेको प्रहरीको दाबी छ ।

अनुगमनमा समातिएका गैह्र पथप्रर्दशकहरुलाई केही समय नियन्त्रणमा लिई चेतावनीस्वरुप छाडिएको छ । अबैधानिक भनिएकाहरु अधिकांशसँग बिनालाईसेन्स पथप्रर्दशकको रुपमा कार्यरत रहेको पर्यटक प्रहरीले जनाएको हो ।

पर्यटक प्रहरीले लाईसेन्स चेकिङलाई यो सिजनको सुरुवात वाटै कडाईका साथ अगाडि बढाउदै आएको छ ।  बिना लाईसेन्स कार्य गर्ने जोकोहीलाई पनि नछाड्ने पर्यटक प्रहरी कार्यलय भृकुटीमण्डपले जनाएको छ । 

उक्त पथप्रर्दशन चेकिङको लागि टुरीष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान) ले संयोजन गदै आईरहेको छ । 

तपाईंको बिचार