Sunday, February 24, 2019

पर्यटक प्रहरीले टुरगाईड लाईसेन्स चेकिङलाई आक्रमक बनायो

प्रकाशित मिति: 2018/05/04

काठमाडौं । पर्यटकीय स्पोटहरुमा अबैधानिक गाईडिङको कार्य बढेको भन्दै पर्यटक प्रहरी भृकुटीमण्डपले टुर गाईड लाइसेन्स चेकिङलाई आक्रमक बनाएको छ । 

विहिबार र शुक्रबार भएको दुई छुट्टाछुट्टै स्पोटहरु स्वयम्भु र हनुमानढोकामा भएको लाईसेन्स चेकिङमा करिब आधा दर्जन अबैधानिक गाइडिङमा सम्लग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । पर्यटक प्रहरीले अवैधानिक क्रियाकलाप गर्ने जो कोहीलाई पनि नछाड्ने बताउँदै सम्पूर्ण ट्राभल, ट्रेकलाई अवैधानीक अर्थात लाइसेन्स नभएका व्यक्तिहरुलाई गाईडिङमा नपठाउन पनि आग्रह गरेको छ । 

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै पटक–पटक अवैधानी कार्य नगराउन हामीले आग्रह गरिरहेका छौं, अटेर गरेर गरिरहे अवैधानिक गर्ने कम्पनी र व्यक्ति दुवैलाई कडा भन्दा कडा कारवाही गरिने बताउनु भएको छ । भट्टराईले वैधानिक बाटो रोजेर आफ्नो काम कारवाही गराउन पनि आग्रह गरेको छन् । 

टुर्गानको समन्वयमा पर्यटक प्रहरीले केही महिना देखि टुर गाईड लाइसेन्स चेकिङलाई तिब्र दिँदै आईरहेको छ । 

तपाईंको बिचार