Sunday, August 25, 2019

इतिहासमै पहिलो पटक चीन सरकारले नीजि हेलिकोप्टरबाट रेस्क्यूको अनुमति

विश्वविख्यात आरोही पेट्रोभको हेलिकोप्टरबाट खोजी
प्रकाशित मिति: 2018/05/11

काठमाडौं । १० दिन देखि बेपत्ता विश्वविख्यात पर्वतारोही बुल्गेरियान नागरिक बोयान पेट्रोभलाई  हेलिकोप्टरबाट खोजी थालिएको छ । तिब्बततर्फ रहेको ८ हजार २७ मिटर अग्लो शिशापाङमा हिमाल आरोहण गर्ने क्रममा गत शुक्रबार देखि उनी बेपत्ता भएका थिए । 

उनको आरोहणको व्यवस्थापन गरेको मकालु एड्भेञ्चरले चीन सरकारसँगको सहकार्यमा इतिहासमै पहिलो पटक नीजि हेलिकोप्टर संचालनको अनुमति लिएर अहिले खोजी गरिरहेको मकालु एड्भेञ्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिए । उनको खोजीका लागि आज नेपाली हेलिकोप्टर चीन तर्फ गइसकेको छ ।  ‘आफुहरुको लामो प्रयास पछि चीन सरकारले हेलिकोप्टर मार्फत खोजीका लागि अनुमति दिएको छ, लम्सालले भने, यो नेपालको इतिहासमै सबैभन्दा महत्वपूर्ण कार्य हो । आगामी दिनका लागि पनि यसले एउटा नजिर बनाइ दिएको छ । जसले गर्दा कुनै आरोही हराएमा उद्धार टोलीले नसकेमा अव हेलिकोप्टरबाट पनि खोज्न सक्ने अवस्था निर्माण भएको छ ।’

मकालु एड्भेञ्चरको आग्रहलाई स्विकार गरि संचालनको अनुमति दिएकोमा लम्सालले चीन सरकारप्रति आभार पनि प्रकटल गरे । ८ हजार मिटर अग्ला १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका प्रख्यात आरोही बेपत्ता भएपछि उनको अवस्थालाई लिएर नेपालमा मात्र नभई संसारभर चिन्ता बढेको छ । 
८ जना पर्वतारोहीको टोलि सहित शाशापाङगमा आरोहणमा हिड्ेका पेट्रोभ ७५ सय मिटरको उचाइमा पुगेपछि बेपत्ता भएका थिए । यसअघि उनको खोजीका लागि एक टोलि खटिइसकेको थियो । उक्त टोलीले उनी बेपत्ता भएको क्षेत्रबाट एउटा टेन्ट र स्लिपिङ ब्याग मात्र फेला पारेको थियो ।

 

तपाईंको बिचार