Sunday, February 24, 2019

फुट्यो एमाले पर्यटन, जिल्ला प्रशासनमा नँया संगठन दर्ता

प्रकाशित मिति: 2018/05/11

काठमाडौं । नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा विगत तीन वर्ष देखिको बिवाद अझ सुल्झन सकेको छैन । संगठनको अध्यक्षमा चन्द्र रिजाल रहदा  देखि नै सुरु भएको विबाद पछिल्लो समय गतफागुन ११ गते अधिवेशन बोलाएर पार्टीको पर्यटन विभाग प्रमुख सूर्य थापाले व्यवसायीक प्रतिस्पर्धा भन्दा पनि आफु अनुकुल व्यक्तिलाई संगठनको जिम्मेवारी दिएपछि बिबाद चरम उत्कर्षमा पुगेको जनाइएको छ ।  

अधिवेशनबाट सक्षम र कार्यदक्षताका आधारमा कार्यसमिति चयन गर्नुपर्ने माग गरेपनि थापाले जवरजस्तढंगले चाकडी र चाप्लुसीमा लिप्त भएर आफु अनुकुल व्यक्तिलाई नेतृत्व लगायतका अन्य पदिय जिम्मेवारी दिएको प्रति गम्भिर असहमति जनाउँदै संगठन भित्रको ठुलो समुहले एक छुट्टै संगठन खडा गरेका छन् ।

उक्त समुहले एक साता अघि विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पर्यटन व्यवसायी संगठन नेपाल नामक संगठन दर्ता गरिसकेका छन् । केही दिनभित्रै बृहत कार्यक्रमका बिच संगठनको २५ सदस्यीय केन्द्रीय सचिवालय रहने गरी ७५ जनाको केन्द्रीय कार्यसमिति घोषणा गर्न आन्तरिक तयारीलाई तिब्रता दिएको जनाएको छ । 

वरिष्ठ पर्यटन व्यवसायी सिताराम सापकोटाको नेतृत्वले समग्र पर्यटन प्रबद्धनको लागि प्रदेश अनुसारको प्रमुखहरुलाई पनि अधिकार प्रत्यायोजन गरी अघि बढ्ने जनाएको छ । जुन नवगठित संगठनमा पर्यटनका विभिन्न विद्यामा आवद्ध पर्यटन व्यवसायी अझ त्यसमा पनि ठुलो संख्यामा जनजाति समूहका व्यवसायीहरु सहभागि हुने जनाइएको छ । उक्त नवगठित संगठनमा २२० जना एमाले निकट पर्यटन व्यवसायीहरुले सदस्यता लिईसकेका छन् । 

तपाईंको बिचार