Sunday, August 25, 2019

पर्यटन व्यवसायी सिम्खडाको पुस्तक “हिँडे पुगिन्छ” बजारमा

प्रकाशित मिति: 2018/05/12


काठमाडौं । पर्यटन व्यवसायी राजन सिम्खडाको “हिँडे पुगिन्छ” पुस्तक बजारमा आएको छ । प्वाईन्ट मिडिया प्रालिले प्रकाशन गरेको सो पुस्तक शुक्रवार पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विमोचन गरेका हुन । 

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले अव देशलाई सम्बृद्धिको वाटो लैजानु आवश्यक रहेको र त्यसको प्रमुख आधार पर्यटन रहेको वताए । थोरै लगानीमा धेरै लाभ लिन सक्ने क्षेत्र पर्यटन रहेको उनले वताए । देशभित्रका प्राकृतिक सौन्दर्यहरु प्रयोग गरेर सम्बृद्धितिर जानु सम्भव छ भन्ने सन्देश पुस्तकले दिएको उनले वताए । 

पुस्तक विमोचन समारोहमा समालोचकका रुपमा बोल्दै पूर्व अर्थमन्त्री तथा बरिष्ठ साहित्यकार शंकर प्रसाद कोईरालाले लेखकले रोचक शैलीमा हिँडे पुगिन्छ लेखेको वताए । पुस्तकमा नेपालको पर्यटन क्षेत्र,कलाकारिता र आर्थिक सम्बृद्धिको भिजन र मिसनमा प्रष्किपसन लेखले दिएको उनले वताए । प्वाईन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्लेले “हिँडे पुगिन्छ” निती निर्माता, व्यवसायमा प्रवेश गर्न चाहनेहरुका लागी निकै उपयोगि हुने वताए । 

त्यस्तै लेखक सिम्खडाले आँफुले ईमान्दारीपूर्वक आफ्नो मातृभुमि र पेशाप्रति न्याय गरेर पुस्तक तयार गरेको वताए । उक्त पुस्तक यो देश हाम्रै पालामा सम्बृद्ध देख्न चाहनेहरुको साझा कथा भएको पनि लेखक सिम्खडाले बताए । 

कार्यक्रमा लेखक तथा बरिष्ठ पर्यटन व्यवसायि कर्ण शाक्य , वरिष्ठ कलाकार शैलेन्द्र सिम्खडा, कलाकार÷सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), वरिष्ठ पर्यटन व्यवसायि रामकाजि कोने लगायतले पुस्तकमाथि धारणा राखेका थिए । कार्यक्रममा लेखकले आफ्ना पिता स्वर्गिय नारायण प्रसाद सिम्खडा कृषि पुरस्कारको घोषणा गरेका थिए । ५० हजार रुपैयाँ राशीको यो पुरस्कार वार्षिक रुपमा प्रदान गरिने छ ।  
 

तपाईंको बिचार