Sunday, August 25, 2019

भिटोफ नेपालको क्यालेन्डर सार्वजनिक

प्रकाशित मिति: 2018/05/13

काठमाडौं । गाउँ पर्यटन पवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले ग्रामिणी पर्यटनलाई पर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ भित्तेपात्रो सार्वजनिक गरेको छ । क्यालेन्डरमा भिटोफ नेपालले घोषणा गरेको घोषित गाउँहरु लगायत देशैभरीका नयाँ–नयाँ पर्यटकीय गाउँहरुलाई  समेटिएको छ । 

संघको गतिविधिलाई समेत समेटिएको उक्त भित्तेपात्रो गाँउ–गाउँमा वितरण गरिने बताइएको छ । भिटोफका अध्यक्ष कमल सापकोटाले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै भिटोफलाई पर्यटन क्षेत्रमै अत्यन्त चलायमान बनाउन मञ्चले साना ठुला कामहरुलाई उच्च प्राथमिकता दिँदै ग्रामिणी पर्यटन प्रवद्र्धनको लागि आफुहरुको यात्रा जारी रहेको बताए । उनले भिटोफको गतिविधिहरुलाई निकट भविष्यमा देशैभरी लुकेर रहेका आकर्षक गाउँहरु सम्म पु¥याउने आफ्नो अभियान स्वरुप क्यालेन्डर प्रकाशन गरेको बताए । 

तपाईंको बिचार