Sunday, February 17, 2019

२२औं पटक सगरमाथा चढेर कामी रिता शेर्पाले बनाए नयाँ कीर्तिमान

प्रकाशित मिति: 2018/05/16

सोलुखुम्बु । पासाङल्हामु गाउँपालिका ५, थामे सोलुखुम्बुका कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा २२ पटक चढ्ने क्रममा बुधबार बिहान पाइला टेकेका हुन् ।

पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारीले बुधबार बिहान साढे ८ः३० बजे शेर्पा सगरमाथाको चुचुरोमा पुगेको जनाएको छ। नेपालका कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड बनाएका छन् । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा २२ पटक चढ्ने क्रममा बुधबार बिहान पाइला टेकेका हुन्।

पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारीले बुधबार बिहान साढे ८ बजे शेर्पा सगरमाथाको चुचुरोमा पुगेको जनाएको छ । सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उनले आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेको रेकर्ड तोड्दै नयाँ विश्वरेकर्ड कायम गरेका हुन् ।

आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए। आप्पाले सन् २०११ बाटै आरोहण छोडे । फुर्वाले सन् २०१३ बाट छोडे। त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन्।

तपाईंको बिचार