Sunday, August 25, 2019

तत्कालिन एमाले निकट पर्यटन व्यवसायी संगठन फुट्यो, बुद्यबार नयाँ संगठन घोषणा हुँदै

प्रकाशित मिति: 2018/05/21

काठमाडौं । तत्कालिन नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट नेतृत्व र विभाग प्रमुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै आएका व्यवसायीहरुले बुद्यबार छुटै संगठन घोषणा गर्ने भएका छन् । त्यसका लागि बुद्यबार बिहान ७ ः ३० बजे दरबारमार्ग स्थित होटल उड्ल्याण्डमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

हालको नेपाल कम्युनष्टि पार्टीका स्थायी कमिटि सदस्य एवं नेपाल उद्योग तथा व्यवसायी महासंघका इन्चार्ज मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा नवगठित पर्यटन व्यवसायी संगठन नेपालको नेतृत्वको परिचयात्मक एवं घोषणा कार्यक्रमतय गरिएको छ । सो कार्यक्रममा संगठनले सम्पूर्ण पर्यटन व्यवसायी, शुभचिन्तक र पत्रकारहरुलाई उपस्थितीका पनि आग्रह गरेको छ । 

नयाँ संगठनको नेतृत्व पर्यटन व्यवसायी सिताराम सापकोटाले गर्ने बुझिएको छ । संगठनको नाममा हैकमबादी प्रबृती गर्ने र विभाग प्रमुखको गैर जिम्मेवारीपनका विरुद्ध नयाँ सशक्त संगठन निर्माण गर्न बाध्य भएको उनीहरुले बताउदै आएका छन् । संगठनको २५ सदस्यिय केन्द्रिय सचिवालय रहने छ भने ७५ जनाको केन्द्रिय कार्यसमिति रहने छ । 

विगत तीन वर्ष देखि राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा बिबाद चल्दै आएको थियो । तर गत फागुनमा अधिवेशन बोलाएर पार्टीका पर्यटन विभाग प्रमुख सूर्य थापाले व्यवसायीक प्रतिस्पर्धा भन्दा पनि आफु अनुकुल व्यक्तिलाई संगठनको जिम्मेवारी दिएपछि बिबादले चरम रुप लिएको थियो । त्यती बेला देखि नै ठुलो समूह संगठनमा व्यक्तिवाद हावी भएको भन्दै त्यस विरुद्ध सशक्त विद्रोह थालेका थिए । 

तपाईंको बिचार