Tuesday, November 12, 2019

टुरिजम म्यान अफ दी ईयर अवार्ड प्रतिष्ठा अमात्यलाई

प्रकाशित मिति: 2018/05/26

१२ जेठ/काठमाडौं । गन्तव्य नेपाल ग्रुपले प्रदान गर्ने टुरिजम म्यान अफ दि ईयर अवार्ड–२०१८ “बुद्ध वाज बर्न ईन नेपाल” अभियान मार्फत गिनिज बुकमा नाम लेखाउन पहल गरेबापत प्रतिष्ठा अमात्यलाई प्रदान गरिएको छ । नेपाली चुल्हो तथा नर्थफिल्ड होटलकी कार्यकारी निर्देशक अमात्य पर्यटन व्यवसायका साथै अन्य विभिन्न सामाजिक गतिविधिमा सक्रिय छिन । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले सो अवार्ड प्रदान गरे । त्यसैगरी योङ्ग टुरिजम पर्सनालिटी अवार्ड–२०१८ बाट युवा समाजसेवी तथा होटल प्लेजर होमका प्रबन्ध निर्देशक दामोदर ढकाललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले देशको विकासमा पर्यटन क्षेत्रको भुमिका महत्वपूर्ण भएकोले सभामुखको हैसियतले नेपालको पर्यटन क्षेत्रको विकासका लागी आफ्नो सम्पूर्ण सहयोग रहने वताए । त्यसका लागी सरकारलाई आवश्यक दवाव दिन महराले निजी क्षेत्रलाई आग्रह गरे । 

 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको वताउँदै देश भित्रै आन्तरिक पर्यटनको विकास गर्नु आवश्यक रहेको वताए । “नेपालमा हिमाली र पहाडी क्षेत्रका जनतालाई तराईका पर्यटकिय गन्तव्यमा र तराईका जनतालाई पहाड र हिमालका पर्यटकिय गन्तव्यमा आकर्षित गर्न सके नेपालमा पर्यटन क्षेत्रको विकास हुन्छ”–निधिले भने । नेपाल कम्युनिष्ट पार्टीका स्थायि कमिटि सदस्य मुकुन्द न्यौपानेले नेपालमा पर्यटन क्षेत्रको विकासका लागी सरकारले पूर्वाधार निर्माण गरिदिनुपर्ने वताउँदै निजि क्षेत्रले दिने सेवा सुधार गर्नुपर्ने वताए । उनले विश्व पर्यटन बजारमा अन्य देशहरुले तीव्र विकास गरिरहेकोले नेपालले पनि हाम्रा पर्यटकिय गन्तव्यहरुको प्रचार–प्रसार गर्दै सेवा सुधार गर्न सके पर्यटन क्षेत्रको भविष्य उज्वल रहेको वताए । 

कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महत, रिपोर्टस क्लव नेपालका अध्यक्ष ऋृषि धमला, टुरिजम म्यान अफ दि ईयर अवार्डका संयोजक रामशरण थपलिया, नेपाल योग एशोशियसनका महासचिव तथा लेखक राजन सिम्खडा, गाउँ पर्यटन प्रबद्र्धन मञ्चका अध्यक्ष कमल सापकोटा लगायतले पर्यटन क्षेत्रको विकासका लागी सरकारले विशेष पहल गर्नुपर्ने वताए । कार्यक्रममा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले गन्तव्य नेपाल ग्रुपले पत्रकारिताका साथै पर्यटन क्षेत्रको विकासका लागी विभिन्न प्रवद्र्धनात्मक कामहरु गरिरहेको वताए ।

कार्यक्रममा “पर्यटन नै भविष्य” नामक पर्यटन जनजागरण सांगितिक एल्वम पनि सार्वजनिक गरियो । गितमा शिव अधिकारीको शब्द, संगित राजन राज शिवाकोटी र स्वर सिवाकोटी र रानु निरौलाको रहेको छ । कार्यक्रममा गायक गायिकाहरु राजन राज शिवाकोटी र रानु निरौलालाई प्रशंसास्वरुप सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा खुम्वीला एडभेन्चर ट्राभल प्रा.लि प्रबन्ध निर्देशक जिम्वाजाम्वु शेर्पा, एक्सपिडिसन हिमालय डट कम प्रा.लि प्रबन्ध निर्देशक नविन त्रिताल, एडभेन्चर आउटडोर ट्रेक्स एक्स्पीडिसन प्रा.लि प्रवन्ध निर्देशक–प्रज्ञा शर्मा, डिके ट्राभल एण्ड टुर्स प्रा.लि प्रवन्ध निर्देशक दिपेन्द्र शर्मा घिमिरे, सतोरी एडभेन्चर प्रा.लि प्रबन्ध निर्देशक ऋषिराम भण्डारी, एन आर एन ए जापानको वरिष्ट उपाध्यक्ष तथा समाजसेव देबिलाल भण्डारी, पर्यटक प्रहरी इकाईका प्रहरी निरिक्षक रुपा थापा, सोसाइटी फर प्रोटेक्सन अफ वोमेन एण्ड चिल्ड्रेनका अध्यक्ष राजेश चन्द्र रेग्मी, टुरिजम केयर नेपाल अध्यक्ष गंगा सागर पन्त र अंग्रेजी भाषाका टुर गाईड यज्ञ वहादुर कार्कीलाई सम्मान गरियो । त्यसैगरि गन्तव्य नेपालले पर्यटन व्यवसायिहरु दीपक महत, पम्फा धमला, केदार तामाङ, बर्कत उल्लाह, छिरिङ ढोन्डुप र रारा समाजका अध्यक्ष रामहरि अधिकारीलाई मायाकोचिनो प्रदान गरिएको थियो । त्यस्तै विश्व साईकल यात्री अनिश ढकाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकारहरु तिर्सना गिरि र कुमार चौलागाइंलाई दश हजार राशी सहितको गन्तव्य नेपाल पत्रकारिता पुरस्कार प्रदान गरियो ।

तपाईंको बिचार