Sunday, February 24, 2019

भिटोफ नेपालको निर्वाचन घोषणासँगै पाँच जना अध्यक्षका लागि प्रत्यासीको चर्चा

प्रकाशित मिति: 2018/05/28

काठमाडौं । गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) मा नयाँ नेतृत्व चयनका लागि साधारण सभा मिति घोषणा गरेसँगै चुनावी सरगर्मी सुरु भएको छ । मञ्चले आगामी साउन १५ तदनुरुप ३१ जुलाई मा गाँउ पर्यटन दिवसको दिन नयाँ नेतृत्व चयनका लागि मिति घोषणा गरेको हो । 

मञ्चका अध्यक्ष कमल सापकोटाले गन्तव्य नेपालसँगै कुरा गर्दै जुलाइ पश्चात मञ्चले नयाँ नेतृत्व पाउने प्रष्ट्याएउँदै अध्यक्षमा नदोर्‍याउने मनसाय व्यक्त गर्नुभयो । 

अहिले मञ्चको नेतृत्वका लागि पूर्व प्रथम उपाध्यक्ष धु्र्रब सिंखडा, वर्तमान प्रथम उपाध्यक्ष राम घले, द्वितिय उपाध्यक्ष दीपक दाहाल, पूर्वमहासचिव राजकुमार थापा मगर र वर्तमान महासचिव बासु पाण्डेले नेतृत्वको लागि आकांक्षा व्यक्त गरिसकेका छन् । संस्थामा विगतमा रहदा गरेको काम र पर्यटनमा प्राप्त अनुभवका आधारमा गाँउ पर्यटनको विकासका लागि नेतृत्वका लागि दाबी गरेको उहाँहरुको तर्क छ । 

तपाईंको बिचार