Tuesday, April 23, 2019

पाँच वर्ष पछि पर्यटकीय सवारीको भाडादर समायोजन, असोज १५ देखि लागु हुने

प्रकाशित मिति: 2018/05/29

काठमाडौं । पाँच वर्षपछि पर्यटकीय सवारीको भाडादर समायोजना गरिएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) र नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) बीच पाँच वर्ष पछि सोमबार भाडा समायोजना सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । 

विज्ञहरु सहितको रेट समायोजना समितिको दुई महिना लामो अध्ययन पछि बैज्ञानिक ढंगले भाडादर समायोजन गरिएको एनटिभिएका अध्यक्ष रामशरण कार्कीले जानकारी दिए । यो दर आगामी असोज १५ अर्थात अक्टुबर एक देखि लागु हुने छ । 

पाँच वर्षको अवधीमा सवारी साधनको पार्ट पूर्जाको मूल्य निकै बढेको, कर्मचारीहरुको तलव, भत्ता बढेको र सरकारले हरेक वर्ष करको दर समेत बढाउदै लगेको कारण भाडादर समायोजन गरिएको उनले बताए । त्यस्तै नेपालको अधिकांश बाटोको अवस्था नाजुक रहेकाले सवारी साधन विग्रने गरेको व्यवसायीहरुको गुनासो छ । 

लौ हेर्नुस् समायोजन गरिएको नयाँ रेट अनुसार कुन गन्तव्यमा अव कति लाग्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

तपाईंको बिचार