Sunday, August 25, 2019

बीर हस्पिटलको सफाईमा जुटेका धुमुस–सुन्तलीलाई पर्यटन व्यवसायीको पनि साथ

प्रकाशित मिति: 2018/05/29

काठमाडौं । ११ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर पर्यटन व्यवसायीहरुले  वीर हस्पिटल सरसफाईको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गरेका छन् । ४२ जना पर्यटन व्यवसायीहरुवाट आठ लाख पन्ध्र हजार दुई सय तीस रुपैयाँ संकलन गरि आज फाउण्डेसनका सिताराम कट्ट्ेल (धुर्मुस) लाई हस्तान्तरण गरका हुन । 

सो रकम हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा, नेपाल योग एशोशियसनका महासचिव राजन सिंखडा, टानका पूर्व कोषाध्यक्ष लिलावल्दव दाहाल, ठमेल पर्यटन विकास परिषदका महासचिव भवि शर्मा, पर्यटन व्यवसायीहरु बुद्धि ईटानी, हरि धरेल लगायतको सहभागिता रहेको थियो । 

वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले समाजका लागि केहि गरौं भन्ने पवित्र उद्देश्यका साथ गाउँ–गाउँवाट आउने गरिव जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागी ईच्छुक पर्यटक व्यवसायीहरुवाट सहयोग संकलन गरि सो रकम हस्तान्तरण गरेको बताए । त्यस्तै नेपाल योग एशोसियसनका महासचिव राजन सिम्खडाले धुर्मुस सुन्तली फाउण्डेसनले गरेको सकारात्मक काममा आँफुहरु पनि सानै सहयोगले पनि जोडिन पाउनु खुशीको विषय रहेको वताए । 

सहयोग रकम बुझ्दै कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्ट्ेल (धुर्मुस) ले वीर हस्पिटलको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आँफुहरुले वीर हस्पिटल सरसफाई अभियान चलाएको वताए । सवैको प्रयासले वीर हस्पिटललाई नमुना हस्पिटल बनाईनुका साथै यसको बाहिरी र भित्रि आवरण पनि सच्चिने उनले वताए । 

तपाईंको बिचार