Sunday, August 25, 2019

भिटोफ नेपालको अध्यक्षमा पाण्डेको पनि दाबी

प्रकाशित मिति: 2018/05/29

काठमाडौं । गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को नयाँ नेतृत्वका लागि साधारण सभा मिति सार्वजनीक भएसँगै नेतृत्वका आकांक्षीहरु बढ्न थालेका छन् । सोही क्रममा वर्तमान कार्यसमितिको सचिव जस्फा पाण्डेले पनि अध्यक्षका लागि आकांक्षा देखाएकी छिन् । 

गन्तव्य नेपालसँग कुरा गर्दै पाण्डेले भिटोफ नेपाललाई नयाँ ढंगबाट अघि बढाउन आफु तयार रहेको भन्दै नेतृत्वका लागि अघि सर्ने बताइन । उनले महिला नेतृत्व अहिलेको आवश्यकता भएको भन्दै आवश्यक छलफल सुरु गरिसकेको जानकारी दिइन । 

भिटोफको साउन १५ मा हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । 

 

तपाईंको बिचार