Sunday, February 24, 2019

लुम्बिनिमा टुरिष्ट गाईड लाईसेन्स चेकिङ्ग कडाईका साथ सुरु

प्रकाशित मिति: 2018/05/31

काठमाडौं । टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुगार्न)ले पर्यटन प्रहरीको समन्वयमा मोफसलमा पनि लाइसेन्स चेकिङ कार्यलाई तिब्रता दिएको छ । 

बुधवार र विहिवार लुम्विनिमा पर्यटक प्रहरीले अनुगमन गर्दा करिब एक दर्जन भारतिय र नेपाली अबैधानिक पथप्रर्दशक समातेर आवश्यक कार्वाही थालनी गरेको छ । अबैधानिक भनिएकाहरु अधिकांशसँग बिनालाईसेन्स पथप्रर्दशकको रुपमा कार्यरत रहेको पर्यटक प्रहरीले जनाएको हो ।

टुर्गानका अध्यक्ष केदार तामाङले गन्तव्य नेपाल संग संक्षिप्त कुरा गर्दै देशै भरिका पर्यटकीय क्षेत्रहरुमा टुरिष्ट गाईड लाईसेन्स चेकिङ्ग कार्यलाई तिव्रता दिने बताउदै पर्यटनमा अवैधानिक क्रियाकलापको अन्त्य गर्ने अभियानमा सहयोग गर्न सवैलाई आग्रह समेत गर्नु भएको छ । 

पर्यटक प्रहरीले लाईसेन्स चेकिङ कार्यलाई यो सिजनको सुरुवात वाटै कडाईका साथ अगाडि बढाउदै आएको छ ।  बिना लाईसेन्स कार्य गर्ने जोकोहीलाई पनि नछाड्ने पर्यटक प्रहरी कार्यलय भृकुटीमण्डपले जनाएको छ । 

उक्त पथप्रर्दशन चेकिङमा लागि टुरीष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान)ले संयोजन गदै आईरहेको छ ।

तपाईंको बिचार