Sunday, February 24, 2019

अन्नपूर्ण म्याराथन आइतबार हुँदै

प्रकाशित मिति: 2018/06/01

काठमाडौं । आँउदो आइतबार (जुन ३ तारिख) का दिन अन्नपूर्ण म्याराथन हुने भएकोछ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको मुख्य आयोजना र अन्नपूर्ण–काठमाडौं समाज नेपालको सहआयोजनमा उक्त म्यारथन हुन लागेको हो । 

म्याराथनमा स्वदेशी एवं विदेशी गरि करिब ७० जना सहभागि हुने छन् । उनीहरु आजै अन्नपूर्ण बेशक्याम्प प्रस्थान गरिसकेको म्याराथ अयोजक समितिको काठमाडौं संयोजक ऋषि भण्डारीले जानकारी दिए । ४२.१९५ किलो मिटरको म्याराथन अन्नपूर्ण बेसक्याम्पबाट सुरु भइ धान्दु्रकमा पुगेर समापन हुनेछ । समापन कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेपाल कयुनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुनेछ । सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारी, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सहित विभिन्न पर्यटकीय संघसंस्थाका अध्यक्ष लगायतका अन्य पदाधिकारीहरुको समेत सहभागिता रहनेछ । 

म्याथानमा प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद, द्वितियलाई ७० हजार र तृतीय हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै शिर्ष दशमा पर्न सफल सहभागिहरुलाई पनि ८ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ । 

यही कार्यक्रम अन्तर्गत हिजो देखि नै धान्द्रुकमा विभिन्न कार्यक्रमहरु सुरु भइरहेको छ । जसको प्रदेश ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

तपाईंको बिचार