Sunday, February 24, 2019

दोस्रोे हिमालयन ट्राभल मार्ट सम्पन्न

प्रकाशित मिति: 2018/06/04

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्रालयको नेतृत्व तथा नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरको आयोजनाका सार्थ पर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा हिमालयन ट्राभल मार्ट २०१८ को दोस्रोे संकरण भब्यताका साथ सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ । 

२६ वटा देशहरुवाट ५९ बायर्स र नेपाल भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र यु ए इ लगायत सातवटा देशहरुवाट ५२ वटा बिक्रेताहरुको सहभागिता थियो । यस कार्यक्रमले नेपाल लगायत दक्षिण एशियाका सवै पर्यटन ब्यवसायीहरुलाई समाबेश गरेको थियो । जेष्ठ १८-२० सम्म आयोजना भएको यस कार्यक्रमको मुख्य विषय सन् २०३० सम्म ५० लाख पर्यटक भित्र्याउने विषयमा विभिन्न देशहरुवाट आएका पर्यटन विज्ञहरुले आफ्ना विचार व्यक्त गरेका थिए । 

यस कार्यक्रमका मुख्य आकर्षण अन्तराष्ट्रिय ट्राभल ब्लगर्स मिडिया सम्मेलन थियो जहाँ १८ देशका ४३ जना ब्लगरहरुको सहभागिता थियो । ती ब्लगर्सहरुले नेपाल लगायत विश्वका अनेक ठाउँहरुमा पर्यटन सम्बन्धि समस्या र समाधान विषयमा आफ्ना बिचारहरु ब्यक्त गरेका थिए । यस कार्यक्रमको उद्घाटन गर्दै माननीय पराष्ट्र मन्त्री श्री प्रदिप कुमार ज्ञवालीले सामाजिक संजाल र नयाँ मिडियाको महत्वको उजागर गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने र नकारात्मक कुराहरुको निराकरण गर्ने विश्वास ब्यक्त गर्नु भयो । 

हिमालयन ट्राभल मार्टको मुख्य सत्र माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रबिन्द्र अधिकारीले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्रीले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको र यसको समष्टिगत विकासका लागि सबैको सामुहिक प्रयासमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल हिमाली गन्तब्यहरुको केन्द्रबिन्दु रहेको र नेपाल साहसिक पर्यटनको मुख्य केन्द्र रहेको बताउनु भयो । उक्त कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यले अतिथिहरुलाई निम्तो स्विकार गरि कार्यक्रममा सहभागि हुन आउनु भएकोमा धन्यवाद ज्ञापन गरी यस कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।

तपाईंको बिचार